टाटा पन्च अब ईभी मोडलमा आउँदै

टाटा मोटर्सले आफ्नो विद्युतीय पोर्टफोलियोबाट नयाँ इलेक्ट्रिक मोडल ल्याउने तयारी गरिरहेको छ । सो इलेक्ट्रिक कार टाटा पन्च हुन सक्ने अनुमान गरिएको छ । सो एसयूभी परीक्षणको क्रममा देखिएको थियो ।

विद्युतीय सवारीको बजारमा हाल टाटा मोटर्सको सबैभन्दा ठूलो हिस्सा छ । कम्पनीको ईभी पोर्टफोलियोमा टियागो ईभी, टिगोर ईभी, नेक्सन ईभी प्राइम र नेक्सन ईभी म्याक्स जस्ता इलेक्ट्रिक कार समावेश छ । यसमा चाँडै नै टाटा पन्च ईभी पनि समावेश हुनेछ ।

सार्वजनिक भएको तस्वीर अनुसार नयाँ इलेक्ट्रिक टाटा पन्चमा के के परिवर्तन गरिएको छ भन्न कठिन छ । यद्यपि पन्च ईभीको टेष्ट मोडलमा रियर डिस्क ब्रेक र पेट्रोल पन्चमा ड्रम ब्रेक हुनेछ । तस्बिरमा पन्चको क्याबिनमा रोटरी डायल र इलेक्ट्रोनिक पार्किङ ब्रेकको झलक पनि दिइएको छ । विद्युतीय मोडलमा अटो होल्ड, वायरलेस चार्जिङ र नयाँ फिचर हुने अपेक्षा गरिएको छ ।

सो मोडलमा एन्ड्रोइड अटो र एप्पल कारप्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, फ्ल्याट बटम स्टेयरिङ ह्विल र प्रिमियम अपहोल्स्ट्री पनि उपलब्ध हुनेछ । यसको ड्यासबोर्ड लेआउट पुरानो हर्मन ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जस्तै पुरानै हुनेछ ।

टाटा पन्च ईभीको पावरट्रेनको बारेमा कुनै विवरण खुलाइएको छैन । तर यसमा टियागो ईभीकै पावरट्रेन प्रयोग गर्ने अनुमान गरिएको छ । यो मोडल कम्तिमा २ वटा ड्राइभिङ मोडमा उपलब्ध हुनेछ । यसमा कम्पनीले २४ केडब्ल्युएचको ब्याट्री प्याक दिने सम्भावना छ, जसले एक पटक चार्जमा लगभग ३०० किलोमिटरको रेन्ज प्रदान गर्नेछ ।

टाटा पन्च ईभीको लन्चको लागि कुनै आधिकारिक मिति घोषणा गरिएको छैन । सो एसयूभी यो वर्षको अन्त्यमा वा अर्काे वर्ष लन्च गर्ने अनुमान गरिएको छ । टाटा पन्च ईभी उही सेगमेन्टमा प्रवेश गर्नेछ जहाँ सिट्रोन ईसी ३ पहिले नै बिक्रीको लागि उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

नेपालमा किन प्रतिक्षा गर्ने टाटा पन्च फेसलिफ्ट ? यी हुन ४ प्रमुख कारण

नेपालमा किन प्रतिक्षा गर्ने टाटा पन्च फेसलिफ्ट ? यी हुन ४ प्रमुख कारण

टाटा मोटर्सले आफ्नो लोकप्रिय सब-फोर मिटर कम्प्याक्ट एसयूभी टाटा पन्चको...

३४ महिनामै ४ लाख यूनिट टाटा पन्च बिक्री, ईभीको हिस्सा १४ प्रतिशत मात्रै

३४ महिनामै ४ लाख यूनिट टाटा पन्च बिक्री, ईभीको हिस्सा १४ प्रतिशत मात्रै

बिक्री सुरु भएको तीन वर्षभन्दा कम समयमै टाटा पन्च ४ लाख यूनिट बिक्री भएको छ...

मिडसाइज एसयूभी सेगमेन्टमा टाटा कर्भको हलचल, प्रतिद्वन्दीसँग मूल्य तुलना यस्तो

मिडसाइज एसयूभी सेगमेन्टमा टाटा कर्भको हलचल, प्रतिद्वन्दीसँग मूल्य तुलना यस्तो

टाटा मोटर्सले पञ्च र नेक्सन मार्फत कम्प्याक्ट एसयूभी सेग्मेन्टमा राम्रो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...