कर्भ पश्चात अर्को इलेक्ट्रिक कार लन्च गर्ने तयारीमा टाटा मोटर्स
टाटा मोटर्सले केही दिन पहिले भारतमा नयाँ इलेक्ट्रिक कार टाटा कर्भ...
टाटा मोटर्सले आफ्नो विद्युतीय पोर्टफोलियोबाट नयाँ इलेक्ट्रिक मोडल ल्याउने तयारी गरिरहेको छ । सो इलेक्ट्रिक कार टाटा पन्च हुन सक्ने अनुमान गरिएको छ । सो एसयूभी परीक्षणको क्रममा देखिएको थियो ।
विद्युतीय सवारीको बजारमा हाल टाटा मोटर्सको सबैभन्दा ठूलो हिस्सा छ । कम्पनीको ईभी पोर्टफोलियोमा टियागो ईभी, टिगोर ईभी, नेक्सन ईभी प्राइम र नेक्सन ईभी म्याक्स जस्ता इलेक्ट्रिक कार समावेश छ । यसमा चाँडै नै टाटा पन्च ईभी पनि समावेश हुनेछ ।
सार्वजनिक भएको तस्वीर अनुसार नयाँ इलेक्ट्रिक टाटा पन्चमा के के परिवर्तन गरिएको छ भन्न कठिन छ । यद्यपि पन्च ईभीको टेष्ट मोडलमा रियर डिस्क ब्रेक र पेट्रोल पन्चमा ड्रम ब्रेक हुनेछ । तस्बिरमा पन्चको क्याबिनमा रोटरी डायल र इलेक्ट्रोनिक पार्किङ ब्रेकको झलक पनि दिइएको छ । विद्युतीय मोडलमा अटो होल्ड, वायरलेस चार्जिङ र नयाँ फिचर हुने अपेक्षा गरिएको छ ।
सो मोडलमा एन्ड्रोइड अटो र एप्पल कारप्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, फ्ल्याट बटम स्टेयरिङ ह्विल र प्रिमियम अपहोल्स्ट्री पनि उपलब्ध हुनेछ । यसको ड्यासबोर्ड लेआउट पुरानो हर्मन ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जस्तै पुरानै हुनेछ ।
टाटा पन्च ईभीको पावरट्रेनको बारेमा कुनै विवरण खुलाइएको छैन । तर यसमा टियागो ईभीकै पावरट्रेन प्रयोग गर्ने अनुमान गरिएको छ । यो मोडल कम्तिमा २ वटा ड्राइभिङ मोडमा उपलब्ध हुनेछ । यसमा कम्पनीले २४ केडब्ल्युएचको ब्याट्री प्याक दिने सम्भावना छ, जसले एक पटक चार्जमा लगभग ३०० किलोमिटरको रेन्ज प्रदान गर्नेछ ।
टाटा पन्च ईभीको लन्चको लागि कुनै आधिकारिक मिति घोषणा गरिएको छैन । सो एसयूभी यो वर्षको अन्त्यमा वा अर्काे वर्ष लन्च गर्ने अनुमान गरिएको छ । टाटा पन्च ईभी उही सेगमेन्टमा प्रवेश गर्नेछ जहाँ सिट्रोन ईसी ३ पहिले नै बिक्रीको लागि उपलब्ध छ ।
टाटा मोटर्सले केही दिन पहिले भारतमा नयाँ इलेक्ट्रिक कार टाटा कर्भ...
लामो समयको प्रतीक्षापछि नेपाली बजारमा अन्ततः टाटाको इलेक्ट्रिक कार...
टाटा मोटर्सले कर्भ र कर्भ ईभी सार्वजनिक गरेको छ । यद्यपि, कम्पनीले यी दुई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...