सिप्रदीको कपन वर्कशपमा वार्षिक १ लाख ४० हजार युनिट सौर्य ऊर्जा उत्पादन हुने, सिप्रदी र प्राइम रिन्युएबल्सको सहकार्य
काठमाडौं – नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र...
टाटा पन्च सन् २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ । गतवर्ष टाटाले भारतमा २ लाख २ हजार ३० युनिट पन्च बिक्री गरेर रेकर्ड बनाएको हो ।
पन्चको सफलतासंगै टाटाले विगत ४० वर्षदेखी भारतमा सर्बाधिक बिक्री हुने कारको ताज मारुती सुजुकीबाट खोस्न समेत सफल भएको छ । सर्बाधिक बिक्री हुने कारको दोस्रो स्थानमा भने पन्चपछि मारुतीकै वागन–आर दर्ज भएको छ ।
गतवर्ष वगान–आर १ लाख ९० हजार ८५५ वटा बिक्री भएको थियो । भारतमा एसयूभी सेगमेन्टका कारको बिक्री बढ्दै गएपछि मारुती सुजुकीले क्रमशः बजार हिस्सा गुमाउँदै जानुपरेको छ ।
२०२४ मा धेरै बिक्री हुने पाँच कारमा ३ वटा एसयूभी सेगमेन्टका कार छन् । सुचीको तेस्रो र चौथो स्थानमा सुजुकी इर्टिगा र ब्रेजा सामेल हुँदा पाँचौ स्थानमा भने हुन्डाई क्रेटा परेको छ । गत वर्ष क्रेटा १ लाख ८६ हजार ९१९ युनिट बिक्री भएको तथ्यांक छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...