परिक्षणका क्रममा देखियो टियागो ईभी फेसलिफ्ट, छिट्टै लन्च गर्ने तयारी
टाटाले आफ्नो ह्याचब्याक कार टियागोको ईभीलाई अपडेट गरी लन्च गर्ने तयारी...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुका ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवाको प्रत्याभूति प्रदान गरी गाडीको डाउन टाइमलाई कम गर्ने, गाडी संचालन खर्चलाई न्यूनीकरण गर्ने र ग्राहकहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूति प्रदान गर्ने उदेश्यले सन् २०१९ मा शुभारम्भ गरेको टाटा प्रोटेक्ट अझै थप सेवा तथा सुविधाहरु सहित उपलब्ध हुने भएको छ ।
कम्पनीले मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधाहरुको शुभारम्भ गरेको छ । त्यस अवसरमा सिप्रदीका प्रमूख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, ‘नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त हाम्रो प्रमुख व्यवसायिक लक्ष्य विकासशील आवश्यक्ताहरुको पहिचान गरी उत्कृष्ट बिक्री पछिको सेवाहरु प्रदान गर्नु हो । हाम्रा ग्राहकहरुको आकांक्षा बमोजिम टाटा प्रोटेक्ट अन्तर्गतका सेवा तथा सुविधाहरुले ग्राहकहरुलाई उत्कृष्ट सेवाको ग्यारेन्टी प्रदान गर्नेछ र ग्राहकहरुलाई ढुक्क भई आफ्नो व्यवसायमा ध्यान केन्द्रित गर्न सहयोग पुग्ने कुरामा विश्वस्त रहेको छु ।’
त्यसै गरी टाटा मोटर्सका उपाध्यक्ष, इन्टरनेसनल विजनेस एण्ड स्ट्राटेजी, कमर्सियल भेइकल विजनेस अनुराग मेहरोत्राले टाटा मोटर्स आफ्ना ग्राहकहरुलाई विश्व स्तरीय सेवा तथा समाधान प्रदान गर्नमा अग्रस्थानमा रहेको र टाटा प्रोटेक्ट विश्व बजारमा लागू भएपछि टाटा मोटर्सका ग्राहकहरुको सन्तुष्टिको स्तरमा वृद्धि भई गाडी बिक्री तथा प्रवर्धनमा पनि सहयोग मिलेको कुरा बताए । टाटा प्रोटेक्टका विस्तारित सेवा तथा सुविधाहरुले गाडीको अपटाइम उच्च राख्ने, ग्रहकहरुको नाफामा समेत बृद्धि हुने र ग्राहकहरुले तनावमुक्त सेवा तथा सुविधाहरुको मजा लिने कुरामा विश्वस्त रहेको उनले बताए ।

टाटा प्रोटेक्ट अन्तर्गत मास्टर केयर प्लस, टाटा जेन्युइन पार्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पी, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वी केयर गरी आठ प्रकारका सेवा तथा सुविधाहरु समावेश रहेका छन् र उक्त सेवा तथा सुविधाहरु सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुबाट उपलब्ध हुनेछन् ।
मास्टर केयर प्लस अन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, एएमसी सेवा रहेका छन् जसमा ग्राहकहरुको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा कम्पनीले लिनेछ ।
टाटा जेन्युइन पार्ट्स अन्तर्गत सिप्रदी वर्कशपमा फेरिएका स्पेयर पार्ट्सहरुमा ६ महिना वा ५० हजार किमीसम्मको वारेन्टी सुविधा रहेको छ ।
एक्सप्रेस सेवा अन्तर्गत ४ घण्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदान गर्दछ, नभएमा क्षतिपूर्तिको ब्यवस्था कम्पनीले गर्नेछ ।
टाटा जिप्पी अन्तर्गत ४८ घण्टा भित्र गाडीको मर्मत हुन्छ, नभएमा क्षतिपूर्तिको व्यवस्था रहेको छ ।
ग्राहकहरुको सेवाको लागि कस्टमर हेल्पलाइनको व्यवस्था रहेको छ जुन २४ घण्टा ७ दिन उपलब्ध रहने छ र ग्राहकहरुको कुनै पनि गुनासोहरु ४८ घण्टा भित्र समाधान गर्ने प्रत्याभूति प्रदान गर्दछ ।

टाटा सिल्ड अन्तर्गत एक्सिडेन्टल गाडीहरु ६० दिनमा तयार हुन्छ र साथमा नगद रहित बिमा दावी सुविधाहरु पनि रहेको छ ।
टाटा अलर्ट अन्तर्गत कंपनीले तोकेका हाईवे कोरीडरहरुमा गाडी ब्रेकडाउन भएको खण्डमा ६ घण्टा भित्र त्यस स्थानमा पुग्ने र ४८ घण्टा भित्र गाडी तयार पारिदिने ग्यारेन्टी प्रदान गर्दछ ।
र वी केयर सेवा अन्तर्गत वर्कशपमा गाडी बनाउदा ग्राहकले अपेक्षा गरे बमोजिमको सेवा तथा सुविधा प्राप्त नभएमा तुरुन्त सम्पर्क गरी आफ्नो समस्या तथा गुनासोलाई दर्ता गराई तुरुन्त समाधान प्रदान गर्ने व्यवस्था रहेको छ ।
अनलाइन मार्फत सम्पन्न उक्त कार्यक्रममा टाटा कमर्सियल गाडीहरुका ग्राहकहरुको साथमा टाटा मोटर्सका उच्च पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
सो अवसरमा सिप्रदी ट्रेडिङ प्रालिका प्रमूख संचालन अधिकृत राजेश प्रसाद गिरीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै ग्राहकहरुलाई सधै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरी कार्यक्रमको समापन गरे ।
टाटाले आफ्नो ह्याचब्याक कार टियागोको ईभीलाई अपडेट गरी लन्च गर्ने तयारी...
टाटाको लोकप्रिय ह्याचब्याक कार टियागो ईभी अपग्रेड भएर आउने मिति नजिकिँदै...
काठमाडौँ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...