लन्च भएको १० महिनामै १ लाख युनिट पन्च उत्पादन, नेपाल आउने मिती अझै अनिश्चित

टाटा मोटर्सको माइक्रो एसयूभी पन्चले लन्च भएको १० महिना अवधिमा १ लाख युनिट उत्पादनको माइलस्टोन पुरा गरेको छ । यससंगै भारतमा छोटो समयमै १ लाख युनिट एसयूभी उत्पादन गर्ने नयाँ रेकर्ड यो एसयूभीले बनाएको छ । पन्च अघिल्लो वर्षको अक्टोवर महिनामा लन्च भएको थियो ।

ग्लोवल एनक्यापको क्र्यास टेष्टमा ५ स्टार रेटिङ प्राप्त गर्न सफल यो एसयूभी सुरुवाती समयदेखी नै भारतको १० सर्बाधिक बिक्री हुने कारको सूचीमा पर्दै आइरहेको छ । अघिल्लो महिना हालसम्मकै सर्बाधिक बढी युनिट बिक्री भएको रेकर्ड बनाएको पन्च सो महिना ११ हजार ७ युनिट बिक्री भएको थियो ।

१.२ लिटर पेट्रोल इन्जिन जडित यो एसयूभी म्यानुअल र अटोमेटिक दुवै अप्सनमा उपलब्ध छ । यसको म्यानुअल ट्रान्समिसनले १८.८२ र अटोमेटिकले १८.९७ किलोमिटर माइलेल दिने दावी गरिएको छ । सानो एसयूभीमा धेरैभन्दा धेरै फिचर्स दिइएका कारण पनि यो एसयूभी भारतमा लोकप्रिय वनिरहेको हो ।

पन्चमा ७ इन्चको टचस्क्रिन, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, अटोमेटिक हेडलाइट, २५ भन्दा बढी फिचर्स भएको कनेक्टेड कार टेक्नोलोजी, अटो एसी र क्रुज कन्ट्रोल लगायत फिचर्स दिइएको छ । एलइडी डिआरएलएस सहितको प्रोजेक्टर हेडल्याम्प, एलइडी टेल ल्याम्प, रेन सेन्सिङ वाइपर, अटोफोल्ड ओआरभिएमएस र १६ इन्चको डायमन्ट कट एलोई ह्विल्स लगायत फिचर्स समेत सामेल गरिएको छ ।

भारतमा लन्च भएलगत्तै नेपाली अटो पारखीले समेत प्रतिक्षा गरिरहेको यो एसयूभी नेपालमा भने हालसम्म भित्रिन सकेको छैन । भारतमै माग उच्च भएको कारण नेपाल आउन ढिलाइ भएको आधिकारिक वितरक सिप्रद्धी ट्रेडिङ स्रोतले बताउँदै आइरहेको छ । यसका वावजुत पनि कम्पनीले फेस्टिवल सिजनलाई लक्षित गरी यो एसयूभी नेपाल भित्राउने तयारी गरिरहेको थियो ।

तर विगत ३ महिनायता प्यासेन्जर कारको आयतमा पूर्ण प्रतिवन्ध लागु गरिएका कारण उक्त प्रतिवन्ध कायम रहुन्जेलसम्म यसको नेपाल आउने मिती अनिश्चित वनेको छ । संभवत प्रतिवन्ध हटेको केही समयपछि यो एसयूभी नेपाल आउने नै छ ।

सम्बन्धित समाचारहरू

आज देखि टाटा मोटर्स एक्सचेन्ज विक–एन्ड, कुनै पनि गाडीसँग टाटा मोटर्सको ईभी साट्न सकिने

आज देखि टाटा मोटर्स एक्सचेन्ज विक–एन्ड, कुनै पनि गाडीसँग टाटा मोटर्सको ईभी साट्न सकिने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

सनरुफ सहितको एसयूभी पन्च ईभीको नाडामा ३२८ बुकिङ

सनरुफ सहितको एसयूभी पन्च ईभीको नाडामा ३२८ बुकिङ

काठमाडौं – नाडाको पहिलो दिनमै १०० युनिट भन्दा बढी बुकिङ लिएर बिक्री सुरु...

टाटा गाडी किन्नेका लागि आयो विभिन्न अफर सहितको कलरफुल एक्सचेन्ज

टाटा गाडी किन्नेका लागि आयो विभिन्न अफर सहितको कलरफुल एक्सचेन्ज

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...