टाटा बन्यो दोस्रो ठूलो कार कम्पनी

टाटा मोटर्स भारतको दोस्रो ठूलो अटो कम्पनी बनेको छ । हुन्डाईलाई पछि पार्दै टाटाले यो उपाधि जितेको हो । टाटा मोटर्सले गत महिना ४३ हजार ३४१ युनिट कार बिक्री गरेको थियो भने हुन्डाईको बिक्री ४२ हजार २९३ थियो ।

टाटा मोटर्सले लगातार दोस्रो पटक ६ महिनामा हुन्डाई मोटर्सलाई पछि पारेको छ । डिसेम्बर २०२१ मा हुन्डाईले कम बिक्री गरी शीर्ष १० कार निर्माताको सूचीमा ३ नम्बरमा झरेको थियो । अहिले फेरि टाटा मोटर्सले मे महिनामा हुन्डाई भन्दा १ हजार ४८ युनिट बढी कार बिक्री गरेको छ ।

हुन्डाई मोटर कम्पनीले मे २०२२ मा घरेलु बजारमा ४२ हजार २९३ कार र एसयूभी बिक्री गरेको छ, जुन वार्षिक रूपमा ६९.१७ प्रतिशतले वृद्धि भएको छ । सोही महिनामा कम्पनीको निर्यात ५७.३१ प्रतिशतले बढेर ८ हजार ९७० युनिट पुगेको छ । कम्पनीले मे २०२२ मा कुल ५१ हजार २६३ युनिट बिक्री दर्ता गरेको छ, जसमा वार्षिक रूपमा बिक्रीमा ६६.९६ प्रतिशतले वृद्धि भएको छ ।

टाटा मोटर्सले मे २०२२ मा प्यासेन्जर भेइकल सेग्मेन्टमा ४३ हजार ३४१ युनिट कार बिक्री ग¥यो, जसमा वार्षिक रूपमा १८५% बिक्री वृद्धि भएको थियो । कम्पनीले गत वर्षको सोही महिनामा १५ हजार १८१ कार बिक्री गरेको थियो । कम्पनीले सन् २०२२ को मे महिनामा ३९ हजार ८८७ आईसीई यात्रुवाहक सवारीसाधन बिक्री गरेको थियो । कम्पनीले ३ हजार ४५४ युनिट इलेक्ट्रिक सवारी साधन बिक्री गरी ६२६ प्रतिशतले वृद्धि गरेको छ ।

पहिलो नम्बरमा भने सधै नै मारुती सुजुकी रहदै आएको छ । मारुती सुजुकीले मे महिनामा कुल १ लाख ६१ हजार ४१३ कार बिक्री गरेको छ, जसमध्ये घरेलु बजारमा मात्रै १ लाख २८ हजार कार बिक्री गरेको दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

काठमाडौं –  हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...

आर्थिक वर्ष २०२५ मा टाटा पञ्च बन्यो सबैभन्दा बढी बिक्री हुने एसयूभी

आर्थिक वर्ष २०२५ मा टाटा पञ्च बन्यो सबैभन्दा बढी बिक्री हुने एसयूभी

टाटाको पन्च एसयूभीले भारतको आर्थिक वर्ष २०२५ मा कुल १ लाख ९६ हजार युनिट...

कर्भ पश्चात अर्को इलेक्ट्रिक कार लन्च गर्ने तयारीमा टाटा मोटर्स

कर्भ पश्चात अर्को इलेक्ट्रिक कार लन्च गर्ने तयारीमा टाटा मोटर्स

टाटा मोटर्सले केही दिन पहिले भारतमा नयाँ इलेक्ट्रिक कार टाटा कर्भ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...