टाटा मोटर्सले साउनमै ल्यायो दशैं अफर, पुराना गाडीसँग टियागो ईभी साट्न सकिने
नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले साउनमै दसैँ...
भारतीय बजारमा सब ४ मिटर कम्प्याक्ट एसयूभी सेगमेन्टमा मारुती सुजुकी ब्रेजाको अग्रता थियो । तर टाटा नेक्सनको बलियो पुनरागमन पछि ब्रेजालाई बिक्री चार्टमा पछि धकेल्न सफल भएको छ ।
गत नोभेम्बरमा टाटा नेक्सन भारतमा चौथो सबैभन्दा बढी बिक्री हुने कार थियो र यसलाई १५ हजार ३२९ ग्राहकले खरिद गरेका थिए । नेक्सनको बिक्री वार्षिक ३ प्रतिशतले बढेको छ । साथै अक्टोबरमा टाटा नेक्सन टप १० मा ९ औं स्थानमा थियो र यसको १४ हजार ७५९ युनिट बिक्री भएको थियो ।
मारुतीको लोकप्रिय सब-४ मिटर कम्प्याक्ट एसयूभी नोभेम्बरमा १४ हजार ९१८ ग्राहकले खरिद गरेका थिए र यो संख्या वार्षिक ११ प्रतिशतले बढेको हो। यो वर्षको अक्टोबरमा ब्रेजा चौथो स्थानमा थियो, तर नेक्सनले नोभेम्बरमा ब्रेजालाई छैटौं स्थानमा धकेल्यो। अक्टोबरमा ब्रेजा १६ हजार ५६५ ग्राहकले खरिद गरेका थिए र नोभेम्बरमा १६ सयभन्दा बढी युनिटले घटेकाले ब्रेजाको मासिक बिक्री घटेको छ ।
ब्रेजाको एक्स-शोरूम मूल्य ८ लाख ३४ हजार भारुबाट सुरु हुन्छ र १४ लाख १४ हजार भारुसम्म जान्छ। ब्रेजालाई पेट्रोलका साथै सीएनजी विकल्पमा पनि प्रस्तुत गरिएको छ र यो एसयूभी फिचरका साथै माइलेज पनि उत्कृष्ट छ । तर टाटा नेक्सन पेट्रोल र डिजेलका साथै सीएनजी र इलेक्ट्रिक भेरिएन्टमा प्रस्तुत गरिएको छ । आईसी इन्जिन भएको नेक्सनको एक्स-शोरूम मूल्य ८ लाख भारुबाट सुरु भएर १५ लाख ८० हजार भारुसम्म जान्छ । साथै नेक्सन ईभीको एक्स-शोरूम मूल्य १२ लाख ४९ हजार देखि १७ लाख १९ हजार भारुसम्म छ ।
नेपाली बजारमा कुनै समयमा निकै नै बिक्री हुने कारमा टाटा नेक्सन र नेक्सन ईभी थिए । अब भने नेक्सन ईभी फेसलिफ्टको प्रतीक्षा भइरहेको छ । अंग्रेजी नयाँ वर्षको शुभारम्भ पश्चात नेपाली बजारमा पनि सो ईभी उपलब्ध हुने अनुमान गरिएको छ ।
नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले साउनमै दसैँ...
काठमाडौं – टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले...
टाटा मोटर्सको लोकप्रिय इलेक्ट्रिक कार नेक्सनमा आगालागी भएको छ । मंगलबार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...