नयाँ फ्रन्ट फेसियाका साथ आउँदै टियागो ईभी
टाटाको लोकप्रिय ह्याचब्याक कार टियागो ईभी अपग्रेड भएर आउने मिति नजिकिँदै...
आखिर अब प्रतीक्षाको घडी समाप्त हुने भएको छ । टाटा मोटर्सले नेक्सन ईभीको लङ रेन्ज मोडल आगामी मे ११ मा सार्वजनिक गर्ने भएको छ । यो भन्दा पहिले अप्रिल २० मा सार्वजनिक गर्ने बताइएको सो इलेक्ट्रिक कार अब भने पक्का सार्वजनिक हुने भएको छ ।
हाल टाटाको सबैभन्दा रुचाइएको इलेक्ट्रिक कार नेक्सन ईभीको यो अपडेट भर्सन हुनेछ । यसले ४ सय किलोमिटरको रेन्ज दिनुका साथै अन्य थप अपडेट फिचर सहित उपलब्ध हुने बताइएको छ ।
यसमा गरिने सबैभन्दा महत्वपूर्ण परिवर्तन ४० किलोवाट आवरको ब्याट्री प्याक हुनेछ । हाल उपलब्ध मोडलमा भएको ३०.२ किलोवाट आवरको प्याक भन्दा यो आकारमा पनि ठूलो हुनेछ । यसका लागि गाडीको डिजाइनमा केही परिवर्तन गरिने छ भने बुट स्पेस पनि पहिले भन्दा केही कम हुन सक्ने अनुमान गरिएको छ ।
हाल उपलब्ध नेक्सन ईभीले ३१२ किलोमिटर रेन्ज दिन्छ । अब लङ रेन्ज ईभीले अफिसियल रुपमा ४ सय किलोमिटर भन्दा बढी रेन्ज दिने बताइएको छ । यसका आधारमा यसले रियलमा कमसेकम ३०० देखि ३२० किलोमिटर सम्म रेन्ज दिने अनुमान गरिएको छ । हालको मोडलले रियलमा २०० देखि २२० किलोमिटर सम्म रेन्ज दिने धेरैले बताउने गरेका छन् ।
हाल उपलब्ध मोडलमा भएको ३.३ किलोवाटको सट्टा अब ६.६ किलोवाटको एसी चार्जर हुने अनुमान गरिएको छ । यसबाट करिव १० घण्टामा ब्याट्री चार्ज गर्न सकिन्छ । त्यसैगरी यसमा फास्ट चार्जिङ अप्सन समेत मिल्ने छ र छिट्टै नै चार्ज गर्न सहयोग गर्नेछ ।
नयाँ गाडीमा अहिलेको भन्दा धेरै अपडेट फिचर हुने छन् । यसमा एयर प्युरिफायर र भेन्टिलेटेड फ्रन्ट सिट मिल्ने सम्भावना छ । त्यसैगरी हालको मोडल जस्तै क्रुज कन्ट्रोल, पार्क मोड र इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम आदि मिल्ने छ ।
हाल उपलब्ध टाटा नेक्सन ईभी नेपाली ग्राहकले पाउनका लागि लामो समय कुर्नु पर्ने अवस्था छ । लङ रेन्जको टाटा नेक्सन ईभी आयो भने यसको महत्व अझै बढ्ने सम्भावना देखिएको छ ।
टाटाको लोकप्रिय ह्याचब्याक कार टियागो ईभी अपग्रेड भएर आउने मिति नजिकिँदै...
टाटा टिगोर र टिगोर ईभी दुबै बजारमा लन्च भइसकेको छ । हालै टाटा मोटर्सले टाटा...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...