छक्का पञ्जा ५ को ट्रेलर र टाटा ईभीको चर्चा
आगामी असोज २४ अर्थात फूलपातीको दिन देखि प्रदर्शनमा आउने नयाँ नेपाली...
सुरक्षाका हिसाबले कारको सेफ्टी परिक्षण हुनु आवश्यक छ । कारको सुरक्षा जाँच भारत एनसीएपीद्वारा गरिन्छ र यसको लागि १ देखि ५ सम्म रेटिङ दिइन्छ । यो वर्ष टाटा मोटर्सको ह्यारियर र सफारीसहित नेक्सन ईभीलाई भारत एनसीएपीले ५ स्टार सेफ्टी रेटिङ दिएको छ भने टाटा नेक्सनको पेट्रोल डिजेल मोडलले पनि क्र्यास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।
भारत एनसीएपीमा टाटा नेक्सनलाई विभिन्न कोणबाट क्र्यास परीक्षण गरिएको थियो । टाटा नेक्सनले भारत एनसीएपी क्र्यास टेस्टमा एडल्ट ओक्युपेन्ट प्रोटेक्शन श्रेणीमा ३२ मध्ये २९.४१ अंक हासिल गरेको छ। साथै चाइल्ड अकुपेन्ट प्रोटेक्शन श्रेणीमा नेक्सनले ४९ मध्ये ४३.८३ अंक प्राप्त गरेको छ । टाटा नेक्सनले एडल्ट ओक्युपेन्ट प्रोटेक्शन रेटिङ र चाइल्ड सेफ्टी रेटिङमा ५ मध्ये ५ स्टार पाएको छ, जसले टाटा नेक्सन एसयूभी सुरक्षाको हिसाबले उत्कृष्ट रहेको देखाउँछ ।
सब-4 मिटर कम्प्याक्ट एसयूभी सेगमेन्टमा सबैभन्दा धेरै बिक्री हुने कार टाटा नेक्सन सेफ्टी फिचरले भरिपूर्ण छ। यसमा स्ट्यान्डर्डको रुपमा ६ एयरब्याग समावेश छ, जसमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, सबै सिटका लागि ३ पोइन्ट सिट बेल्ट, सबै सिटका लागि सिट बेल्ट रिमाइन्डर, एबीएस, ईबीडी, ३६० डिग्री क्यामेरा र लेभल २ एडास अन्तर्गत एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र अटोमेटिक ब्रेकिङ जस्ता फिचर समावेश छ ।
टाटा नेक्सन पेट्रोल, डिजेल र सीएनजी विकल्पसहित इन्जिन र ट्रान्समिसनका १०० भन्दा बढी भेरिएन्ट उपलब्ध छ । नेक्सनको पेट्रोल भेरिएन्टको एक्स-शोरूम मूल्य ८ लाख भारुबाट सुरु भएर १५ लाख भारुसम्म पुग्छ । नेक्सन डिजेल भेरिएन्टको एक्स-शोरूम मूल्य १० लाखदेखि १५ लाख ५० हजार भारुसम्म छ । हालै नेक्सन सीएनजी पनि ९ लाख भारु प्रारम्भिक मूल्यमा लन्च गरिएको थियो ।
नेपाली बजारमा पनि टाटा नेक्सन निकै नै रुचाइएको मोडल हो । नेक्सन ईभी पनि नेपाली सडकमा धेरै गुडिरहेका छन् ।
आगामी असोज २४ अर्थात फूलपातीको दिन देखि प्रदर्शनमा आउने नयाँ नेपाली...
टाटा मोटर्सले आफ्नो ई-कार्गो मोबिलिटी सेगमेन्टमा मिनी ट्रक टाटा एस ईभी...
टाटा कर्भ लन्च हुनु अघि नै मिडसाइज एसयूभी सेगमेन्टमा हलचल मचाएको छ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...