नेक्सन ईभीको चर्चाले ओझेलमा पार्यो टाटाका अन्य मोडलको लोकप्रियता

अटो बजारमा अहिले इलेक्ट्रिक कार सर्बाधिक चर्चाको विषय बनिरहेको छ । केही ब्रान्डका यस्ता कार माग बमोजिम आपूर्ति हुन सकिरहेको छैन भने नयाँ नयाँ ब्रान्ड थपिने क्रम समेत बढ्दो मात्रामा छ । पूर्व अर्थमन्त्री विष्णु पौडेलले यस्ता कारमा लाग्दै आएको अन्तशुल्क मिनाहा र भन्सार दरमा छुट बढाएपछि पहिलेको तुलनामा सस्तो मूल्य पर्न गएका कारण इलेक्ट्रिक कारको माग बढ्न थालेको हो । साथै सरकार र निजी क्षेत्रको पहलमा देशका विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माणले गति लिन थालेका कारण पनि ईभी पारखी उत्साहित बन्न थालेका छन् ।

नेपालमा इलेक्ट्रिक कार प्रयोग गर्न उपभोक्ता कति आतुर रहेछन् भन्ने कुरालाई पछिल्लो समय भित्रिएको टाटा नेक्सन ईभीको बढ्दो लोकप्रियताले पुष्टि गरेको छ । नेपाल भित्रिनु अघिदेखिनै चर्चा बटुलेको नेक्सन ईभीमा उपभोक्ताको आकर्षण बढिरहेको छ । यो एसयूभी भित्रिएको १ महिना नबित्दै ५ सय बढी बुकिङ भएबाट पनि यसको बढ्दो लोकप्रियता प्रष्ट देखिएको हो । माग बमोजिम आपूर्ति गर्न नसक्ने भएपछि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले तत्काल गाडी डेलिभरी दिन नसक्ने भन्दै आफ्नो धारणा स्पष्ट पारेको छ ।

नेक्सन ईभीको माग अत्यधिक मात्रामा बढ्नु कम्पनीका लागि सुखद भएपनि यसकै कारण अन्य मोडलको कारोबार प्रभावित हुन थालेकोमा भने सिप्रदीवृत्तमा चिन्ता प्रकट हुन थालेको छ । नेक्सन ईभी आउनुअघि अर्को चर्चित ग्यासोलिन इन्जिनयुक्त नेक्सन एसयूभीको कारोबार राम्रो भइरहे पनि हाल उक्त एसयूभी समेत ओझेलमा पर्न थालेको जानकारी नेपाल अटोलाई प्राप्त भएको छ ।

अहिले शोरुम आउने र फोन लगायत अन्य माध्यमबाट जानकारी लिने अधिकांश ग्राहकले नेक्सन ईभीका बारेमा सोध्ने गरेका छन् । ‘नेक्सन ईभी सर्टेज छ, अरुनै मोडल हेरौन भनेर अनुरोध गर्दा समेत ग्राहकले अन्य मोडलमा चासो ब्यक्त गर्दैनन्’ एकजना बिक्री प्रतिनिधिले भने,‘नेक्सन ईभी भित्रिनुअघि नेक्सनकै अर्को भेरिएन्टको बिक्री उत्साहप्रद रहेपनि ईभी भित्रिएपछि भने उक्त भेरिएन्टको बिक्री समेत प्रभावित बन्न थालेको छ ।’

कमर्सियल भेइकलमा एकछत्र बजार लिँदै आएको टाटाले नेक्सन आएपछि प्यासेन्जर कार सेग्मेन्टमा समेत राम्रो उपस्थिति जनाउन थालेको थियो । नेक्सन अघि भित्रिएका टियागो र टिगोर कारले जसतसो बजार धानिरहेको टाटालाई नेक्सन ईभीले झनै उचाई थप्ने अनुमान गरिएपनि माग बमोजिम आपूर्ति हुन नसकेका कारण कम्पनीले गरेको यस्तो अनुमानमा धक्का पुग्ने देखिन्छ ।

टाटाको हाल नेक्सन, नेक्सन ईभी, टियागो, टिगोर, अल्ट्रोज, एच५ र सफारी एसयूभी लगायत कारहरु नेपाली बजारमा कारोबार हुँदै आइरहेका छन् । यी मध्ये एच५ र सफारी महंगो मूल्यका कारण खासै चर्चामा छैनन् भने अन्य गाडीलाई समेत नेक्सन ईभीको बढ्दो चर्चाले ओझेलमा पारेको छ ।

सम्बन्धित समाचारहरू

एमएडब्लु वृद्धिले नेपालकै ठूलो एक्सचेन्ज मेला आयोजना गर्दै, के–के छन् आकर्षण ?

एमएडब्लु वृद्धिले नेपालकै ठूलो एक्सचेन्ज मेला आयोजना गर्दै, के–के छन् आकर्षण ?

काठमाडौं–एमएडब्लु वृद्धिले आउँदो शुक्रबार (असोज २४ गते) देखि काठमाडौं...

आज देखि टाटाको मेगा सर्भिस क्याम्प, प्यासेन्जर गाडीका लागि आकर्षक छुटको अफर

आज देखि टाटाको मेगा सर्भिस क्याम्प, प्यासेन्जर गाडीका लागि आकर्षक छुटको अफर

काठमाडौं – टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले...

ईभी आयातमा रेकर्ड ब्रेक, गत आर्थिक वर्षमा भित्रिए झन्डै १२ हजार ईभी

ईभी आयातमा रेकर्ड ब्रेक, गत आर्थिक वर्षमा भित्रिए झन्डै १२ हजार ईभी

काठमाडौं – आर्थिक वर्ष २०८०/०८१ अर्थात गत एक वर्षको अवधिमा नेपालमा ११...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...