निर्जीवन बीमामा मोटर बीमाको हिस्सा ३० प्रतिशत भन्दा बढी, यस्तो छ अवस्था
काठमाडौं – पछिल्लो समय मोटर बीमाको व्यावसायिक आकार बढ्दै गएको छ । कुल...
काठमाडौं – टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभी म्याक्सको वीरगन्जबाट पनि बिक्री सुरु गरेको छ।
कम्पनीले केही समय अगाडि नेक्सन ईभीको लङ रेन्ज नेक्सन ईभी म्याक्सलाई नेपाली बजारमा सार्वजनिक गरेको थियो।
बिहीबार एक कार्यक्रम गर्दै सिप्रदीले नेक्सन ईभी म्याक्सको वीरगन्जमा सार्वजनिक गरिएको जनाएको छ। अब यो गाडी बुकिङ तथा खरिद वीरगन्जमा रहको टाटाको आधिकारिक शोरुमबाटै गर्न सकिने कम्पनीले जनाएको छ।
यो गाडी नेपाल धेरै बिक्री भएको नेक्सन ईभीको लङ रेन्ज ईभी हो। सिप्रदीले यसलाई १०० किलोवाट मोटर पावरमा नेपाली बजारमा भित्र्याएको छ। यसको टप भेरिएन्टको मूल्य ४६ लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ।
टाटाको नेक्सन ईभी म्याक्समा ४० किलोवाटको ब्याट्री प्याक छ। यसले एक पटकको फुल चार्जमा ४५३ किलोमिटर रेन्ज प्रदान गर्छ। यसमा पहिलेको भन्दा शक्तिशाली क्षमताको ३.३ किलोवाटदेखि ७.२ किलोवाट एसी चार्जर विकल्प पनि उपलब्ध छ।
जसमा ३.३ किलोवाट एसी चार्जरले ब्याट्री चार्ज गर्न लगभग १५–१६ घण्टा लाग्छ भने ७.२ किलोवाट क्षमताको एसी चार्जरले ब्याट्री चार्ज गर्न ५–६ घन्टा लाग्छ। तर फास्ट चार्जिङको अप्सन पनि यसमा छ जसले एक घन्टामै ब्याट्री फुल चार्ज हुनेछ। यसको लागि ५० किलोवाट क्षमताको डीसी फास्ट चार्जर आवश्यक पर्दछ।
टाटाको नेक्सन ईभी म्याक्समा भएको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको रेन्ज प्रदान गरिएको छ। साथै गाडीमा भने ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म उपलब्ध रहेको कम्पनीले जनाएको छ।
यो नयाँ नेक्सन ईभीमा हालको मोडलभन्दा बढी फिचर्स हुने गरी अपडेट गरिएको छ। अपडेटेड आईसीई इन्जिन, एयर प्युरिफायर, भेन्टिलेटेड फ्रन्ट सिट लगायत यसमा उपलब्ध छ। हालको नेक्सन ईभीमा रहेको पार्किङ मोड र इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी) पनि यसमा समावेश गरिएको छ।
यसबाहेक, नेक्सन ईभी म्याक्सले ४८ सुविधाहरू सहितको जी कनेक्ट २.० कनेक्टेड कार टेक्नोलोजी अपग्रेड गरेको छ। यसले सिंगल–पेडल ड्राइभिङमा मद्दत गर्ने उच्चतम रेजेन लेभलको साथमा ब्रेकिङका लागि चार रेजेन लेभलसहित मल्टी–मोड रेजेन पनि प्राप्त छ।
टाटा मोटर्सले एक अटो ब्रेक ल्याम्प थपेको छ जुन एक निश्चित स्तरमा पुगेपछि सक्रिय हुन्छ, जसले सडक प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा पछाडि चेतावनी दिन्छ।
काठमाडौं – पछिल्लो समय मोटर बीमाको व्यावसायिक आकार बढ्दै गएको छ । कुल...
नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य...
चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले एक करोड ४० लाख गाडी उत्पादन गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...