नेक्सन ईभी फेरि बन्ला हट सेलर ?
टाटा नेक्सन ईभी कुनै बेला नेपाली बजारमा धेरै माग गरिएको ईभी थियो । टाटा...
केही दिन अघिमात्र नेपाली बजारमा भित्रिएको टाटा नेक्सन ईभी अहिले ईभी पारखीका लागि चासोको विषय बनिरहेको छ । नेपाली अटोबजार विस्तारै ईभीमैत्री बन्दै गैरहेको अवस्थामा सस्तो मूल्यका कारण नेक्सन ईभी चासोको विषय बनेको हो ।
भिन्न ३ भेरिएन्टमा उपलब्ध यसको मूल्य नेपाली बजारमा ३५ लाख ९९ हजारदेखि सुरु हुन्छ । बेस भेरिएन्ट एक्सएम मोडलको मूल्य ३५ लाख ९९ हजार, मिडियम भेरिएन्ट एक्सजेड प्लसको ३७ लाख ९९ हजार र टप भेरिएन्ट एक्सजेड प्लस लक्जरीको मूल्य ३९ लाख ९९ हजार तोकिएको छ । इलेक्ट्रिक भेइकलमा ८० प्रतिशतसम्म अटो लोन लिन मिल्ने प्रावधानका कारण शुरुमा ग्राहकले गाडीको मूल्यको २० प्रतिशतमात्र रकम डाउन पेमेन्ट गरी यो एसयूभी खरिद गर्न सक्नेछन् ।
नेक्सन ईभी खरिद गर्न चाहने ग्राहकका लागि एनएमबी बैंकले ७.३३ प्रतिशत ब्याजदरमा ५ र ७ बर्षे स्किम उपलब्ध गराएको आधिकारिक बितरक सिप्रदी ट्रेडिङ स्रोतले जानकारी दिएको छ । जसअन्तर्गत ५ वर्षे स्किममा खरिद गर्दा लोन भुक्तानी अवधिभर ब्याजदर स्थिर रहने बताइएको छ ।
नेक्सन ईभीलाई ७ बर्षे स्किममा खरिद गर्दा ग्राहकले बेस भेरिएन्टका लागि मासिक ४२ हजार ८१० रुपैयाँ किस्ता तिर्नुपर्ने हुन्छ । त्यसैगरी मिडियम भेरिएन्टको ४४ हजार ८७७ र टप भेरिएन्टको ४७ हजार २४० रुपैयाँ किस्ता मासिक रुपमा भुक्तानी गर्नुपर्ने हुन्छ ।
त्यस्तै, ५ बर्षे स्किममा खरिद गर्दा बेस भेरिएन्टको ५६ हजार ४९१, मिडियम भेरिएन्टको ५९ हजार २१९ र टप भेरिएन्टको ६२ हजार ३३७ रुपैयाँ मासिक रुपमा भुक्तानी गर्नुपर्ने हुन्छ । यो स्किममा ब्याजदर स्थिर रहने हुँदा ग्राहकले लोन लिएको अवधिभरका लागि एउटै रकम भुक्तानी गर्न पाउने प्रावधान कायम गरिएको छ ।
टाटा नेक्सन ईभी कुनै बेला नेपाली बजारमा धेरै माग गरिएको ईभी थियो । टाटा...
टाटा कर्भ ईभीले भारतको कश्मीर देखि कन्याकुमारी सम्मको ३ हजार ८२३...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...