टाटा नेक्सन इलेक्ट्रिक अब नेपालमा : चाँडै बुकिङ खुल्ने कम्पनीको घोषणा

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा नयाँ नेक्सन इलेक्ट्रिक एसयूभी गाडीको बुकिङ चाँडै खुलाउने घोषणा गरेको छ । अत्याधुनिक डिजाइनको जिपट्रोन प्रविधिमा आधारित सो एसयूभी मुख्यतः वायु प्रदूषणरहित तथा पूर्ण रोमाञ्चकारी यात्रा अनुभव गर्न चाहने ग्राहकवर्गलाई लक्षित गरिएको छ ।

सो विद्युतीय गाडीको वनावट मनमोहक छ भने यसलाई छरितो ढंगले द्रुत गतिमा हाँक्न सकिने, लामो दुरीको यात्रा पनि सहजताका साथ गर्न सकिने र ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई तुरुन्त आफ्नै घरमा चार्ज गर्न सकिन्छ ।

इम्प्याक्ट डिजाइन २.० अवधारणा अन्तर्गत तयार पारिएको सो गाडीको वनावट अरु भन्दा विल्कुल भिन्न र आकर्षक देखिन्छ । गाडीको भित्री भाग फराकिलो हुनुको साथै यसमा ध्वनि व्यवस्थापनको लागि बिशेष व्यवस्था पनि रहेको छ । यस्तो व्यवस्थाले यात्रालाई आनन्ददायक र शान्त बनाउन सहयोग गर्दछ । सात इन्चको हर्मन इन्फोटेंन्मेंट प्रणाली भएको नेक्सनमा एन्ड्रोइड अटो र एप्पल प्ले पनि प्रयोग गर्न सकिन्छ ।

एक पटक चार्ज गरेपछि यो गाडीले ३०० किलोमिटर भन्दा बढी दुरी तय गर्ने सक्ने भनिए तापनि व्यावहारिक रुपमा गााडीले बिना कुनै झन्झट २०० देखि २५० किलोमिटरको दुरी तय गर्न सक्छ । यदी डीसी चार्जर प्रयोग गरियो भने नेक्सन इभी को ८० प्रतिशत ब्याट्री क्षमता ६० मिनेटमै प्राप्त गर्न सकिन्छ ।

बिशिष्ट जिप्पी प्रविधिले सम्पन्न नेक्सनको कार्यक्षमता उत्कृष्ट रहेको पाइन्छ । ३०.२ किलोवाट आवर उच्च क्षमताको लिथियम आयोन ब्याट्री भएको यो गाडीको टर्क क्षमता २४५ एनएम रहेको छ । यस कारणले नेक्सन इभी केवल ९.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्न सक्दछ । ड्राइभ र स्पोर्ट्स गरी दुई ड्राइभ मोड भएको यो गाडी ट्राफिक जामको अवस्था मात्र नभई उकालो बाटोहरुमा पनि अत्यन्त उपयुक्त भएको पाइन्छ ।

नेक्सन इभी ग्लोबल एनक्याप रेटिङ अनुसार यस गाडीमा सुरक्षाको लागि अत्याधुनिक प्रविधि जडान गरिएको छ । यसको परिक्षण दशलाख किलोमिटरको लामो एवं भूगोल र मौसमको दृष्टिले अति चुनौतीपूर्ण बाटोहरुमा सफलतापुर्वक भइसकेको कम्पनीले बताएको छ ।

सम्बन्धित समाचारहरू

चितवनमा टाटाका ईभी सार्वजनिक, यस्ता छन् ईभीका विशेषता

चितवनमा टाटाका ईभी सार्वजनिक, यस्ता छन् ईभीका विशेषता

काठमाडाैं – नेपालका लागि टाटा माेटर्सकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

यस्तो हुनेछ ओलाको पहिलो इलेक्ट्रिक कार

यस्तो हुनेछ ओलाको पहिलो इलेक्ट्रिक कार

ओलाले आफ्नो पहिलो इलेक्ट्रिक कार ल्याउने भएको छ । कम्पनीले सो कारको पहिलो...

संसारकै उत्कृष्ट एडास प्रबिधि भएको एक्सपेङ जी६ अव नेपाली बजारमा

संसारकै उत्कृष्ट एडास प्रबिधि भएको एक्सपेङ जी६ अव नेपाली बजारमा

काठमाडौं– सिजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङलाई औपचारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...