बनेपामा टाटा प्यासेन्जर कारको नयाँ शोरुम

टाटा प्यासेन्जर कारको नयाँ शोरुम बनेपामा खुलेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रद्धी ट्रेडिङले लक्ष्मी अटो ग्रुपलाई उक्त क्षेत्रको डिलरका रुपमा नियुक्त गरेसंगै यो नयाँ शोरुम संचालनमा आएको हो । शोरुम संचालनको अबसर पारेर सिप्रदीका प्यासेन्जर कार बिजनेश युनिट प्रमुख शावन्तजंग सिजापतिले लक्ष्मी अटो ग्रुपसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

‘बनेपामा टाटा कारको यो पहिलो सोरुम हो । यसले हाम्रो ग्राहक केन्द्रित दृष्टिकोण र उनीहरूसँग नजिकको सम्बन्ध विस्तार गर्न मद्दत मिल्नेमा हामी सकारात्मक छौं’ उनले भने–हामीले अहिले मासिक रूपमा कम्पनीको वृद्धि भएको देखिरहेका छौं । यो नयाँ डिलरशीप र सम्झौता कम्पनीको बिक्री, सेवा र ग्राहक सन्तुष्टि क्षेत्रमा नयाँ कोशेढुङ्गा सावित हुनेमा हामी विश्वस्त छौं । बनेपा हाम्रोलागि प्रमुख बजार मात्र नभई यो हाम्रो विकास रणनितीको प्रमुख हिस्सा पनि हो ।’

लक्ष्मी अटो ग्रुपका प्रबन्ध निर्देशक सेवक बुढाथोकीले बनेपामा सिप्रदी ट्रेडिङ्गका लागि टाटा मोटर्सको डिलरको रूपमा प्रतिनिधित्व गर्न पाउँदा आफूले निकै गर्व महशुस गरिरहेको बताए । उनले भने, ‘शोरुम संचालनमा आएसंगै यस क्षेत्रबाट टाटा मोटर्सले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । टाटा मोटर्ससँगको सम्झौतासँगै हामी यसको बढ्दो माग, बिक्री एवम् यसको सेवाहरू उच्च मापदण्डहरूको पालनासहित पूरा गर्न चाहन्छौ ।’
बनेपाको यो नयाँ आउटलेटबाट यस क्षेत्र आसपासका उपभोक्ताहरू लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । यसभन्दा अघि टाटा मोटर्सले काठमाडौं, चितवन, नवलपुर, कास्की, रुपन्देही, सिराहा, धनुषा, पर्सा, सर्लाही, झापा, सुन्सरी, दाङ, कैलाली, बाँके, मोरङ र मकवानपुर सहित देशका १९ स्थानमा रहेकोे आउटलेटबाट ग्राहकलाई निरन्तर सेवा पु¥याइरहेको छ ।

सम्बन्धित समाचारहरू

आजबाट टाटाको स्प्रिङ एक्सचेन्ज क्याम्प: पुराना गाडीसँग टाटाको नयाँ गाडी साट्न सकिने

आजबाट टाटाको स्प्रिङ एक्सचेन्ज क्याम्प: पुराना गाडीसँग टाटाको नयाँ गाडी साट्न सकिने

काठमाडौँ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ...

महिलाको रोजाइमा प-यो टाटा टियागो ईभी : पर्खाईमा नेपाली ग्राहक

महिलाको रोजाइमा प-यो टाटा टियागो ईभी : पर्खाईमा नेपाली ग्राहक

टाटा टियागो ईभी भारतीय बजारमा रुचाइएको इलेक्ट्रिक कार हो । गत जनवरी देखि...

सस्तो भयो टाटा नेक्सन र टियागो ईभी, १ लाख २० हजार भारु सम्मले घट्यो मूल्य

सस्तो भयो टाटा नेक्सन र टियागो ईभी, १ लाख २० हजार भारु सम्मले घट्यो मूल्य

टाटा मोटर्सले नेक्सन र टियागो ईभीको मुल्य १ लाख २० हजार भारुसम्मले कम गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...