टाटाले ल्याउने नयाँ अल्ट्रोज ह्याचब्याक तयार

टाटा मोटर्सले आफ्नो लोकप्रिय ह्याचब्याक कार टाटा अल्ट्रोजको नयाँ मोडल लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले आफ्नो नयाँ मोडलको परीक्षण पनि सुरु गरेको छ । सो अपडेट गरिएको मोडल इलेक्ट्रिक हो वा सीएनजी भर्सन हो भन्ने जानकारी सार्वजनिक भएको छैन ।

नयाँ मोडलमा मोनोटोन अलोय ह्विल देख्न सकिन्छ भने पुरानो मोडलमा ड्युअल टोन अलोय ह्विल समावेश गरिएको छ । यो कार कम्पनीले सन् २०२० मा एक्सई, एक्सएम, एक्सटी, एक्सजेड र एक्सजेड ओ गरी ५ वटा ट्रिममा लन्च गरेको थियो ।

कम्पनीले नयाँ अल्ट्रोज २०२३ मा लन्च गर्ने सम्भावना रहेको छ । टाटा अल्ट्रोज ह्याचब्याक लन्चिङ पछि मारुती बलेनो जस्ता लोकप्रिय ह्याचब्याकसँग प्रतिस्पर्धा हुनेछ ।

हाल बजारमा टाटाको प्रिमियम ह्याचब्याक १.२ लिटर, ३–सिलिन्डर नेचुरली एस्पिरेटेड पेट्रोल, १.२ लिटर आई टर्बाे र १.५ लिटर, ४ सिलिन्डर टर्बाे डिजल इन्जिनको रुपमा उपलब्ध छ । नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनले १८.५३ किमि प्रति लिटर र आई टर्बाे इन्जिनले १८.१३ किमि प्रति लिटरको माइलेज दिन्छ ।

टाटाले केही समय यता अल्ट्रोज सीएनजीको पनि परीक्षण गरिरहेको छ । टाटा अल्ट्रोज ईभी ह्याचब्याक २०२२ अटो एक्सपोमा पेस गरिएको थियो । सो मोडलमा क्लोज्ड अफ–ग्रिल, अपडेटेड फ्रन्ट र रियर बम्पर, स्टार प्याटर्नको साथमा फ्रन्ट एयर ड्याम, ब्लु हाइलाइटसहित नयाँ डिजाइन गरिएको अलोय ह्विल र ब्ल्याक–आउट टेलगेट जस्ता फिचर समावेश छ ।

सम्बन्धित समाचारहरू

टाटा पन्चको टिजर सार्वजनिक, थाहा भयो केही फिचर

टाटा पन्चको टिजर सार्वजनिक, थाहा भयो केही फिचर

टाटा पन्च ईभी लन्च हुनु अघि सो कारको टिजर सार्वजनिक भएको छ । कम्पनीले टाटा...

टाटाले ल्यायो टिगोर र टियागो ईभीको अपडेट भर्सन

टाटाले ल्यायो टिगोर र टियागो ईभीको अपडेट भर्सन

टाटा मोटरले टिगोर र टियागो ईभी अपडेट गरेको छ, जसमा इन्टेरियरको साथै...

हुन्डाई क्रेटा फेरि बन्यो नम्बर १ एसयूभी

हुन्डाई क्रेटा फेरि बन्यो नम्बर १ एसयूभी

भारतीय बजारमा एसयूभीको माग तीव्र गतिमा बढिरहेको छ र यस्तो अवस्थामा कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...