टाटा मोटर्सले भारतीय बजारमा ३ नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने

टाटा मोटर्सआफ्नो पोर्टफोलियो बलियो बनाउने योजनामा ​​छ । टाटाले अब ३ नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने भएको छ । सम्भवत: कम्पनीले यी इलेक्ट्रिक एसयूभी २०२५ मा लन्च गर्ने सम्भावना रहेको छ ।

टाटाले ह्यारियरको नयाँ ईभी लन्च गर्ने योजना बनाएको छ । सो एसयूभीको इन्टेरियरमा अपडेट गरिएको आईसीई संस्करण जस्तै ड्यासबोर्ड लेआउट हुनेछ । यसमा १२.३ इन्चको इन्फोटेनमेन्ट सिस्टम, वायरलेस चार्जर, वायरलेस स्मार्टफोन कनेक्टिभिटी, अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक र ड्राइभ मोडका लागि रोटरी डायल समावेश हुनेछ। आईसीई संस्करण जस्तै, इलेक्ट्रिक ह्यारियरमा ठुलो प्यानोरामिक सनरुफ, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ब्लाइन्ड स्पट मोनिटरसहितको ३६० डिग्री क्यामेरा र लेभल २ एडास हुनेछ । यसमा रहेको ब्याट्रीले एक पटक चार्जमा ५०० किलोमिटरको रेन्ज दिने अनुमान गरिएको छ ।

टाटाले सफारी ईभी पनि लन्च गर्न लागेको छ । यसको डिजाइन पनि आईसीई मोडेलसँग साझा गर्नेछ । सफारी ईभीमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ड्युअल जोन एसी, भेन्टिलेटेड फ्रन्ट र रियर सिट, प्यानोरामिक सनरुफ जस्ता फिचर हुनेछ । साथै ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कंट्रोल र एडास जस्ता सेफ्टी फिचर हुनेछ । टाटा सफारीको इलेक्ट्रिक भर्सन टाटाको नयाँ एक्टि डट ईभी प्लेटफर्ममा आधारित हुनेछ र यसले करिब ५०० किलोमिटरको रेन्ज प्रदान गर्नेछ ।

टाटाले सिएरा ईभी पनि लन्च गर्ने योजना बनाएको छ । यद्यपि यसको बारेमा कुनै आधिकारिक जानकारी छैन । तर रिपोर्टका अनुसार नयाँ टाटा सिएरा २०२५ को अन्त्य सम्ममा लन्च गर्ने अपेक्षा गरिएको छ ।

टाटा सिएरा ईभी ड्युअल मोटर एडब्ल्युडी सेटअपमा आउनेछ । यसमा ६० किलोवाट देखि ८० किलोवाटको ब्याट्री प्याकमा आउने सम्भावना छ। यसले सिंगल चार्जमा ५०० किलोमिटरभन्दा बढीको रेन्ज प्रदान गर्नेछ । यसको अधिकांश फिचर ह्यारियर वा सफारीबाट लिइएको छ ।

सम्बन्धित समाचारहरू

सिप्रदी र पठाओबिच सहकार्य, एक्सप्रेस-टी ट्याक्सी खरिद गर्दा निःशुल्क रजिस्ट्रेसन

सिप्रदी र पठाओबिच सहकार्य, एक्सप्रेस-टी ट्याक्सी खरिद गर्दा निःशुल्क रजिस्ट्रेसन

काठमाडौँ – नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र पठाओ...

पर्फमेन्स ब्रान्ड ‘रेसर’ अन्तर्गत थप मोडल ल्याउने तयारीमा टाटा

पर्फमेन्स ब्रान्ड ‘रेसर’ अन्तर्गत थप मोडल ल्याउने तयारीमा टाटा

टाटा मोटर्सले आफ्नो पर्फमेन्स ब्रान्ड रेसर अन्तर्गत थप नयाँ मोडल विकास...

बजेटपछि यी ४ ब्राण्डले बढाए ईभीको मूल्य, कुनमा कति ?

बजेटपछि यी ४ ब्राण्डले बढाए ईभीको मूल्य, कुनमा कति ?

काठमाडौं–बजेटले करको दर बृद्धि गरेपछि ईभी आयतकर्ता अहिले धमाधम गाडीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...