२०२५ मा टाटा मोटर्सले ७ नयाँ एसयूभी लन्च गर्ने

टाटा मोटर्सले सन् २०२५ मा भारतीय बजारमा ७ नयाँ कार लन्च गर्ने भएको छ । यसमा आईसीई र ईभी दुवै सवारीसाधन समावेश छन् । साथै कम्पनीले केही पुराना मोडलका नयाँ भर्सन पनि ल्याउनेछ । लामो समयदेखि प्रतिक्षा गरिएको सियरा र सियरा ईभी, ह्यारियर ईभी र सफारी-ह्यारियर पेट्रोल मोडेलहरू पनि नयाँ वर्षमा लन्च गर्ने भएको छ ।  कम्पनीका नयाँ गाडीहरू एसयूभी, ह्याचब्याक र सेडान जस्ता विभिन्न सेगमेन्टमा हुनेछ ।

टाटा पन्च फेसलिफ्ट : टाटा पन्च फेसलिफ्ट २०२५ को दोस्रो त्रैमासिकमा लन्च गर्न सकिन्छ। पन्चको फेसलिफ्ट मोडलमा पञ्च ईभी जस्तै अपडेट हुने अनुमान गरिएको छ । यसको एक्सटेरियर और इन्टेरियरका साथै फिचरमा पनि परिवर्तन देख्न सकिनेछ ।

टाटा सियरा : टाटा सियरा जनवरी २०२५ मा भारत मोबिलिटी ग्लोबल एक्सपोमा सार्वजनिक हुने सम्भावना छ । सियरा आईसीई र ईभी दुवै संस्करणमा आउनेछ।

टाटा ह्यारियर ईभी : टाटा ह्यारियर ईभी पनि २०२५ मा लन्च हुने सम्भावना छ । यसलाई पहिला भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा प्रदर्शन गरिनेछ । यसको डिजाइन हालको ह्यारियर जस्तै हुनेछ । यसमा ड्युअल मोटर सेटअप सहितको अल-ह्विल ड्राइभ हुने सम्भावना छ। रिपोर्टका अनुसार सो ईभीले एक पटक चार्जमा ४५० देखि ५५० किलोमिटरको रेन्ज दिने अनुमान गरिएको छ ।

ह्यारियर र सफारीको पेट्रोल भर्सन : टाटा मोटर्सका दुई शक्तिशाली एसयूभी ह्यारियर र सफारीको पेट्रोल भेरिएन्ट पनि २०२५ मा लन्च हुने भएको छ । सो दुबै एसयूभीमा टाटाको नयाँ १.५ लिटर ४ सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिन हुनेछ, जसले १७० पीएस पावर र २८० एनएमको टर्क उत्पन्न गर्न सक्छ । यसमा ६ स्पिड म्यानुअल र ड्युअल क्लच अटोमेटिक ट्रान्समिसन हुनेछ ।

टाटा टियागो र टिगोर फेसलिफ्ट : टाटा मोटर्सले आगामी भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा टियागो र टिगोरको फेसलिफ्ट मोडल लन्च गर्ने सम्भावना छ । ४ वर्ष अघि देखि अपडेट गरिएको सो फेसलिफ्ट मोडलको एक्टेरियर र इन्टेरियरका साथै फिचरहरू पनि परिवर्तन गरिएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ टाटा कर्भको विशेषता, अन्य एसयूभीभन्दा उत्कृष्ट हुने कम्पनीको दाबी

यस्तो छ टाटा कर्भको विशेषता, अन्य एसयूभीभन्दा उत्कृष्ट हुने कम्पनीको दाबी

टाटा कर्भ लन्च हुनु अघि नै मिडसाइज एसयूभी सेगमेन्टमा हलचल मचाएको छ।...

टाटा टिगोर इभी अब टाटा एक्स प्रेस–टी इभीका नामले आउने

टाटा टिगोर इभी अब टाटा एक्स प्रेस–टी इभीका नामले आउने

टाटा मोटर्सले टिगोर ईभीको नाम परिवर्तन गरेको छ । कम्पनीले उक्त इभीको नाम...

टाटा नेक्सनको लोकप्रियता घट्दो, बिक्रीमा पन्च अगाडी

टाटा नेक्सनको लोकप्रियता घट्दो, बिक्रीमा पन्च अगाडी

टाटाको सर्बाधिक सफल एसयुभीका रुपमा परिचित नेक्सनको लोकप्रियता पछिल्लो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...