२०२५ मा टाटा मोटर्सले ७ नयाँ एसयूभी लन्च गर्ने

टाटा मोटर्सले सन् २०२५ मा भारतीय बजारमा ७ नयाँ कार लन्च गर्ने भएको छ । यसमा आईसीई र ईभी दुवै सवारीसाधन समावेश छन् । साथै कम्पनीले केही पुराना मोडलका नयाँ भर्सन पनि ल्याउनेछ । लामो समयदेखि प्रतिक्षा गरिएको सियरा र सियरा ईभी, ह्यारियर ईभी र सफारी-ह्यारियर पेट्रोल मोडेलहरू पनि नयाँ वर्षमा लन्च गर्ने भएको छ ।  कम्पनीका नयाँ गाडीहरू एसयूभी, ह्याचब्याक र सेडान जस्ता विभिन्न सेगमेन्टमा हुनेछ ।

टाटा पन्च फेसलिफ्ट : टाटा पन्च फेसलिफ्ट २०२५ को दोस्रो त्रैमासिकमा लन्च गर्न सकिन्छ। पन्चको फेसलिफ्ट मोडलमा पञ्च ईभी जस्तै अपडेट हुने अनुमान गरिएको छ । यसको एक्सटेरियर और इन्टेरियरका साथै फिचरमा पनि परिवर्तन देख्न सकिनेछ ।

टाटा सियरा : टाटा सियरा जनवरी २०२५ मा भारत मोबिलिटी ग्लोबल एक्सपोमा सार्वजनिक हुने सम्भावना छ । सियरा आईसीई र ईभी दुवै संस्करणमा आउनेछ।

टाटा ह्यारियर ईभी : टाटा ह्यारियर ईभी पनि २०२५ मा लन्च हुने सम्भावना छ । यसलाई पहिला भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा प्रदर्शन गरिनेछ । यसको डिजाइन हालको ह्यारियर जस्तै हुनेछ । यसमा ड्युअल मोटर सेटअप सहितको अल-ह्विल ड्राइभ हुने सम्भावना छ। रिपोर्टका अनुसार सो ईभीले एक पटक चार्जमा ४५० देखि ५५० किलोमिटरको रेन्ज दिने अनुमान गरिएको छ ।

ह्यारियर र सफारीको पेट्रोल भर्सन : टाटा मोटर्सका दुई शक्तिशाली एसयूभी ह्यारियर र सफारीको पेट्रोल भेरिएन्ट पनि २०२५ मा लन्च हुने भएको छ । सो दुबै एसयूभीमा टाटाको नयाँ १.५ लिटर ४ सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिन हुनेछ, जसले १७० पीएस पावर र २८० एनएमको टर्क उत्पन्न गर्न सक्छ । यसमा ६ स्पिड म्यानुअल र ड्युअल क्लच अटोमेटिक ट्रान्समिसन हुनेछ ।

टाटा टियागो र टिगोर फेसलिफ्ट : टाटा मोटर्सले आगामी भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा टियागो र टिगोरको फेसलिफ्ट मोडल लन्च गर्ने सम्भावना छ । ४ वर्ष अघि देखि अपडेट गरिएको सो फेसलिफ्ट मोडलको एक्टेरियर र इन्टेरियरका साथै फिचरहरू पनि परिवर्तन गरिएको छ ।

सम्बन्धित समाचारहरू

टाटा ईभीको नजिक पुग्यो एमजीको बिक्री, बजार हिस्सामा समेत फेरबदल

टाटा ईभीको नजिक पुग्यो एमजीको बिक्री, बजार हिस्सामा समेत फेरबदल

काठमाडौं– एमजीले भारतमा ईभीको बिक्री ह्वात्तै बढाएको छ । हालै लन्च गरिएको...

दशैमा कुन कार किन्ने ? यस्ता छन् विभिन्न ब्रान्डका कारमा उपलब्ध छुट र अफर

दशैमा कुन कार किन्ने ? यस्ता छन् विभिन्न ब्रान्डका कारमा उपलब्ध छुट र अफर

नेपालीहरुको महान चाड दशै प्रारम्भ भएको छ । फेस्टिभ सिजनको समयमा विभिन्न...

बनेपामा टाटा प्यासेन्जर कारको नयाँ शोरुम

बनेपामा टाटा प्यासेन्जर कारको नयाँ शोरुम

टाटा प्यासेन्जर कारको नयाँ शोरुम बनेपामा खुलेको छ । टाटा मोटर्सको नेपालका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...