टाटा मोटर्सले शुरु ग-यो स्क्र्याप प्लान्ट, हरेक वर्ष १५ हजार गाडी रिसाइकल गर्ने

टाटा मोटर्सले आफ्नो पहिलो गाडी स्क्र्यापिङ प्लान्टको उद्घाटन गरेको छ । यो टाटा मोटर्सको साझेदार गंगानगर भेइकल इन्डस्ट्रिज प्रालिद्वारा विकसित र संचालित हो ।

सो प्लान्ट हरेक वर्ष १५ हजार सवारीसाधन रिसाइकल गर्ने क्षमताको छ । सो प्लान्टको उद्देश्य भनेको प्रदुषण गर्ने सवारी साधनलाई फेज आउट गर्ने, इन्धन खपत गर्ने सवारी साधनहरूलाई प्रतिस्थापन गर्ने र सवारी साधनबाट निस्कने कार्बनलाई कम गर्नु हो ।

कम्पनीले भारतलाई सम्पूर्ण दक्षिण एसियाली क्षेत्रका लागि भेइकल स्क्र्यापिङ हबको रूपमा स्थापित गर्ने जानकारी दिएको छ । भारतमा त्यस्ता अत्याधुनिक स्क्र्यापिङ र रिसाइकलिङ युनिटको आवश्यकता रहेको पनि जानकारी दिएको छ ।

टाटा मोटर्सका अनुसार स्क्र्यापिङ सुविधाले स्क्र्याप गरिएका सवारी साधनको सुरक्षित र दिगो डिस्पोजलका लागि विश्व स्तरीय र पर्यावरणमैत्री प्रक्रियाहरू पालना गर्नेछ । यस प्लान्टले सबै ब्रान्डका सवारी साधनहरू स्क्र्याप गर्नेछ ।

टाटा मोटर्सको यो गाडी स्क्र्यापिङ प्लान्ट पूर्णतया पेपरलेस राखिएको छ । यहाँ सवारी साधनको ब्याट्री, टायर, इन्धन, तरल पदार्थ, गिलास, ग्यास सिलिन्डर लगायतका सामग्री सुरक्षित रूपमा हटाउन छुट्टाछुट्टै डिब्बा बनाइएको कम्पनीले जनाएको छ ।

स्क्र्यापिङ प्रक्रिया सुरु हुनु अघि सवारी साधन एसओपी प्रक्रिया अनुसार दस्तावेज गरिन्छ । यसपछि मात्र डिस्मेन्टलिङ प्रक्रियामा पठाइन्छ ।

सम्बन्धित समाचारहरू

टाटा अल्ट्रोजमा ठूलो टचस्क्रिनसहित ६ एयरब्याग समावेश हुने

टाटा अल्ट्रोजमा ठूलो टचस्क्रिनसहित ६ एयरब्याग समावेश हुने

टाटा मोटर्सले छिट्टै अल्ट्रोज प्रिमियम ह्याचब्याक कार लन्च गर्ने भएको छ ।...

प्रतीक्षामा नयाँ टाटा टियागो, थपिए यी फिचर

प्रतीक्षामा नयाँ टाटा टियागो, थपिए यी फिचर

टाटा मोटर्सले मे २०२६ मा नयाँ ह्याचब्याक कार टियागो र टियागो ईभी लन्च गरेको...

यस्तो छ सिप्रदीले नेपाल ल्याएको मिनी ईभी ट्रक टाटा ‘एस’

यस्तो छ सिप्रदीले नेपाल ल्याएको मिनी ईभी ट्रक टाटा ‘एस’

काठमाडौं– टाटाको पहिलो कमर्सियल ईभी ‘एस’ नेपाली बजारमा भित्रिएको छ । सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...