कोभिड महामारीमा खट्ने फ्रन्टलाइनर्सका लागि टाटाले ल्यायो विशेष योजना

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नोवेल कोरना भाइरस महामारी विरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्ति अर्थात फ्रन्ट लाइनरहरुका लागि विशेष योजना सार्वजनिक गरेको छ ।

कम्पनीले यस प्रतिकूल परिस्थितिमा निरन्तर सेवा पु¥याउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु लगायत अग्रपंक्तिमा रहेर सेवा पु¥याउने सम्पूर्ण व्यक्तिहरु यस योजनामा सहभागी हुन सक्ने जनाएको छ ।

यस योजनामा ग्राहकले कम्पनीको पुर्व निर्धारित सुविधाहरु बाहेक थप सुबिधा प्राप्त गर्न सक्ने छन् । कम्पनीले दिदै आएको नगद छुट १ लाख ५० हजारमा थप ५० हजार, टाटा गाडीसँग जुनसुकै गाडी साट्दा ५० हजार एक्सचेन्ज वोनस र ३० हजार लोयल्टी बोनस प्राप्त गर्न सक्ने छन् । ग्राहकले चाहेको खण्डमा गाडी घरमै डेलिभरीको सुविधा पनि कम्पनीले दिएको छ ।

मे १ देखि प्रारम्भ भएको यो योजना आगामी मे ३१ सम्म संचालन हुने कम्पनीले जनाएको छ । कम्पनीले यो आपतकालीन समयमा पनि कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, इन्जिन आयल वा ब्याट्री सम्बन्धी सेवा चाहिएमा २४ घण्टा नै सेवामा आफूहरु तयार रहेको जनाएको छ ।

सम्बन्धित समाचारहरू

टाटाको १३.७ प्रतिशत बजार हिस्सेदारीसहित एक दशकमा सबैभन्दा धेरै पीभी बिक्रीको रेकर्ड कायम

टाटाको १३.७ प्रतिशत बजार हिस्सेदारीसहित एक दशकमा सबैभन्दा धेरै पीभी बिक्रीको रेकर्ड कायम

टाटा मोटर्सले ग्राहकको मन जित्दै एकपछि अर्को रेकर्ड कायम गरिरहेको छ, जो...

शुरुवाती मूल्य ३० लाख रुपैयाँमा नेपाल आयो टाटा टिगोर इभी, यस्तो छ बिशेषता

शुरुवाती मूल्य ३० लाख रुपैयाँमा नेपाल आयो टाटा टिगोर इभी, यस्तो छ बिशेषता

टाटा मोटर्सको दोस्रो इलेक्ट्रिक कार टिगोर नेपाल आएको छ । कम्प्याक्ट सेडान...

टाटा पिकअपमा शिखर इन्स्योरेन्सको अटो प्लस, मर्मत गर्दा १५ दिन सम्म दैनिक ३ हजार पाइने

टाटा पिकअपमा शिखर इन्स्योरेन्सको अटो प्लस, मर्मत गर्दा १५ दिन सम्म दैनिक ३ हजार पाइने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...