कोभिड महामारीमा खट्ने फ्रन्टलाइनर्सका लागि टाटाले ल्यायो विशेष योजना

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नोवेल कोरना भाइरस महामारी विरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्ति अर्थात फ्रन्ट लाइनरहरुका लागि विशेष योजना सार्वजनिक गरेको छ ।

कम्पनीले यस प्रतिकूल परिस्थितिमा निरन्तर सेवा पु¥याउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु लगायत अग्रपंक्तिमा रहेर सेवा पु¥याउने सम्पूर्ण व्यक्तिहरु यस योजनामा सहभागी हुन सक्ने जनाएको छ ।

यस योजनामा ग्राहकले कम्पनीको पुर्व निर्धारित सुविधाहरु बाहेक थप सुबिधा प्राप्त गर्न सक्ने छन् । कम्पनीले दिदै आएको नगद छुट १ लाख ५० हजारमा थप ५० हजार, टाटा गाडीसँग जुनसुकै गाडी साट्दा ५० हजार एक्सचेन्ज वोनस र ३० हजार लोयल्टी बोनस प्राप्त गर्न सक्ने छन् । ग्राहकले चाहेको खण्डमा गाडी घरमै डेलिभरीको सुविधा पनि कम्पनीले दिएको छ ।

मे १ देखि प्रारम्भ भएको यो योजना आगामी मे ३१ सम्म संचालन हुने कम्पनीले जनाएको छ । कम्पनीले यो आपतकालीन समयमा पनि कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, इन्जिन आयल वा ब्याट्री सम्बन्धी सेवा चाहिएमा २४ घण्टा नै सेवामा आफूहरु तयार रहेको जनाएको छ ।

सम्बन्धित समाचारहरू

थप ग्राउन्ड क्लियरेन्स र फिचर सहित टाटा टियागो एनआरजीको नयाँ भेरिएन्ट आउने

थप ग्राउन्ड क्लियरेन्स र फिचर सहित टाटा टियागो एनआरजीको नयाँ भेरिएन्ट आउने

टाटा मोटर्सले टियागो एनआरजी नयाँ भेरिएन्टको टिजर सार्वजनिक गरेको छ । नयाँ...

टाटा नेक्सन ईभी म्याक्स र एमजी जेडएस ईभी : यस्ता छन् फिचर

टाटा नेक्सन ईभी म्याक्स र एमजी जेडएस ईभी : यस्ता छन् फिचर

केही समय अगाडि बीवाईडीको एट्टो ३ लाई काउन्टर गर्दै ९९ किलोवाटको मोरिस...

स्विफ्टले उछिन्यो पन्चलाई, यस्तो छ भारतमा कार बिक्रीको नयाँ तथ्यांक

स्विफ्टले उछिन्यो पन्चलाई, यस्तो छ भारतमा कार बिक्रीको नयाँ तथ्यांक

भारतमा कारको बिक्री तथ्याङ्क सार्वजनिक गरिएको छ। यस पटक टाटा मोटर्सको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...