५ लाख युनिट उत्पादन भयो टाटाको सब–कम्प्याक्ट एसयूभी नेक्सन

टाटाको सब–कम्प्याक्ट एसयूभी नेक्सन ५ लाख युनिट उत्पादन भएर नयाँ रेकर्ड कायम गरेको छ । एसयूभी सेगमेन्टको एक पावर प्लेयर रहेको नेक्सन धेरै वर्ष सम्म बेस्ट सेलर बनेको छ ।

सो अवसरमा टाटा मोटर्सले आफ्नो सोसल मिडिया ह्यान्डलमा खुसी व्यक्त गरेको छ ।

सब–कम्प्याक्ट एसयूभी टाटा नेक्सन पहिलो पटक सन् २०१४ को अटो एक्सपोमा प्रोटोटाइपको रुपमा सार्वजनिक भएको थियो । यद्यपि यसलाई आधिकारिक रुपमा भने २०१७ मा लन्च गरिएको थियो । त्यतिबेला भारतमा यसको मूल्य ५ लाख ८५ हजार देखि ९ लाख ४५ हजार भारु तोकिएको थियो । कम मूल्य, आकर्षक लुक र सानदार फिचरका कारण यो अन्य कारलाई टक्कर दिन सफल भएको थियो ।

नेपाली बजारमा भने यो कार सन् २०१८ फेब्रुअरीमा भित्रिएको थियो । त्यतिबेला यसको मूल्य भेरिएन्ट अनुसार ३३ लाख देखि ४६ लाख रुपैयाँ सम्म थियो ।

हाल नेपाली बजारमा टाटा नेक्सनको मूल्य भेरिएन्ट अनुसार ४३ लाख ९९ हजार देखि ५९ लाख ४९ हजार रुपैयाँ सम्म छ ।

टाटा नेक्सन डिजेल र पेट्रोल दुवै इन्जिन विकल्पमा उपलब्ध छ । यसमा भएको १.२ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले ११८ बीएचपी पावर र १७० एनएम टर्क जेनेरेट गर्छ भने अर्को १.५ लिटर डिजेल इन्जिनले १०८ बीएचपी पावर र २६० एनएम टर्क जेनेरेट गर्छ ।

यमसा व्यवस्थित ड्यासबोर्ड लेआउट छ भने प्रिमियम मल्टिमिडिया र क्रुज कन्ट्रोल बटन सहितो नयाँ स्टेयरिङ ह्विल छ । यसको पछाडि डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरका साथ ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । सो एसयूभीको फुल अप्सन मोडलमा सनरुफ सहित धेरै फिचर उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

चैत १७ सम्म थप भयो टाटा मोटर्सको धमाका अफर, कमर्सियल गाडी किन्दा सुविधै सुविधा

चैत १७ सम्म थप भयो टाटा मोटर्सको धमाका अफर, कमर्सियल गाडी किन्दा सुविधै सुविधा

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ...

धनतेरसको अवसरमा टियागो ईभी बुकिङ गर्दा सुनको असर्फी वा आइफोन १६ प्रो पाइने

धनतेरसको अवसरमा टियागो ईभी बुकिङ गर्दा सुनको असर्फी वा आइफोन १६ प्रो पाइने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले...

टाटा अल्ट्रोजमा ठूलो टचस्क्रिनसहित ६ एयरब्याग समावेश हुने

टाटा अल्ट्रोजमा ठूलो टचस्क्रिनसहित ६ एयरब्याग समावेश हुने

टाटा मोटर्सले छिट्टै अल्ट्रोज प्रिमियम ह्याचब्याक कार लन्च गर्ने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...