टाटा मोटर्स इलेक्ट्रिक बजारको लिडर बन्ने तयारीमा, बढी लामो रेन्जका कार आउँदै

विश्वभर विद्युतीय सवारी साधनले गति लिइरहेको छ । यही कारण कार निर्माता कम्पनी इलेक्ट्रिक सेगमेन्टमा नयाँ नयाँ मोडलहरु लन्च गरिरहेका छन् । टाटा मोटर्स इलेक्ट्रिक सेगमेन्टमा कारको बिक्रीको हिसाबले भारतको नम्बर १ ब्रान्ड हो ।

टाटा मोटर्सले आगामी समयमा धेरै इलेक्ट्रिक मोडल लन्च गर्नेछ । यसमा हाल बजारमा आईसीई इन्जिन भएका धेरै मोडल समावेश छ । कम्पनीको नयाँ इलेक्ट्रिक मोडलमा टाटा अल्ट्रोज ईभीसँगै अभिन्या पनि समावेश हुनेछ ।

अल्ट्रोजका साथै कम्पनीले लोकप्रिय माइक्रो एसयूभी टाटा पन्चलाई इलेक्ट्रिक पावरट्रेनमा लन्च गर्ने योजना बनाएको छ । टाटा पन्चले ४०० किमीभन्दा बढीको रेन्ज दिने अनुमान गरिएको छ ।

कम्पनीले आफ्नो नयाँ कर्भ एसयूभीमा पनि काम गरिरहेको छ र यसलाई केही महिनामा लन्च गर्नेछ । कम्पनीले टाटा कर्भ आईसीई र इलेक्ट्रिक भर्सनमा लन्च गर्नेछ । एक पटक चार्जमा यो एसयूभीले ५०० देखि ६०० किमीको रेन्ज प्रदान गर्नेछ ।

कम्पनीले अटो एक्सपो २०२३ मा टाटा ह्यारियर सार्वजनिक गरेको थियो । त्यसबेला देखि सो एसयूभीको निकै चर्चा चलिरहेको छ । यो कारको पेट्रोल र डिजेल इन्जिनमा बिक्री भइरहेको छ । यसलाई सन् २०२५ मा विद्युतीय मोटरसहित लन्च गर्ने अपेक्षा गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...