टाटा मोटर्सको ‘ह्याप्पीनेस विकेन्ड’ प्रारम्भ, जुनसुकै ब्रान्डका पुराना गाडीसँग ईभी साट्न सकिने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ इन्टरप्राइजेजले विशेष एक्सचेन्ज क्याम्पको रुपमा ‘ह्याप्पीनेस विकेन्ड’ शुरु गरेको छ । आज देखि शुरु भएको सो क्याम्प आइतबार सम्म चल्ने छ ।

काठमाडौं स्थित सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरूमा सो क्याम्प आयोजना हुनेछ । क्याम्पमा आएर टेस्ट ड्राइभ, आफ्नो पुरानो गाडीको मूल्याङ्कन र नयाँ गाडीको बुकिङ गराउँदा ग्राहकले हात खाली नजाने आकर्षक गिफ्ट समेत पाउने कम्पनीले जनाएको छ ।

एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्रान्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाइएका नयाँ २०२३ मोडेलका नेक्सन ईभी तथा टिगोर ईभीसँग साट्न सकिने व्यवस्था मिलाइएको छ । ग्राहकको सहजताका लागि शोरुममै बैंकिंग सुविधा, इन्स्योरेन्स सुविधाका साथै गाडी मूल्याङ्कन गर्न विभिन्न दक्ष मुल्यांकनकर्ताहरुको पनि सहभागिता हुनेछ ।

उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ । 

चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्याङ्कन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा निःशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाइनेछ। 

सम्बन्धित समाचारहरू

टाटा कमर्सियल गाडी किन्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेज मध्ये एक रोज्न सकिने

टाटा कमर्सियल गाडी किन्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेज मध्ये एक रोज्न सकिने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ...

टाटा कर्भ ईभीको रेन्ज र ब्याट्री प्याक विवरण सार्वजनिक, १० मिनेट चार्ज गर्दा १०० किमी चल्ने

टाटा कर्भ ईभीको रेन्ज र ब्याट्री प्याक विवरण सार्वजनिक, १० मिनेट चार्ज गर्दा १०० किमी चल्ने

टाटा मोटर्सले हालै इलेक्ट्रिक एसयूभी कर्भ लन्च गरेको छ, जसको मूल्य ७...

क्रेटालाई टक्कर दिन आउँदैछन् यी ५ नयाँ एसयुभी

क्रेटालाई टक्कर दिन आउँदैछन् यी ५ नयाँ एसयुभी

बजारमा अहिले सबैभन्दा बढी माग भएको सेग्मेन्ट हो मिडसाइज एसयुभी । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...