टाटा मोटर्सको ‘गुरुक्षेत्र’ प्रतियोगिता, नेपालबाट २ हजार टाटा गुरु सहभागी

टाटा ब्रान्डका सवारीसाधनको मर्मत सम्भार गर्दै आइरहेका मेकानिकहरुलाई समेटेर टाटा मोटर्सले गुरुक्षेत्र प्रतिस्पर्धाको आयोजना गरिरहेको छ । बिश्वभर छरिएर रहेका टाटा गुरुहरुको क्षमता जाँच गर्ने प्रतिस्पर्धाका रुपमा लिइएको यो योजनामा नेपालबाट समेत २ हजार टाटा गुरुले सहभागिता जनाएका छन् । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बितरक सिप्रद्धी ट्रेडिङ अफ कम्पनीज अन्तर्गतको सिप्रद्धी अटो पार्टस्संगको समन्बयमा नेपालमा यो प्रतिस्पर्धा शुरु भएको हो ।

टाटा ब्रान्डका सवारीसाधनको मर्मत सम्भारमा संलग्न बिश्वभरका मेकानिक्सबिच गरिने यो प्रतिस्पर्धाको पहिलो चरण आजदेखी शुरु भएको छ । पहिलो चरण अन्तर्गत नेपालका ५ बिकास क्षेत्रमा रहेका ९ वटा सेन्टरबाट टाटा गुरुहरुको लिखित परिक्षा संचालन भैरहेको सिप्रद्धी अटो पार्टस्का महाप्रबन्धक युवराज बुढाथोकीले बताए ।

उनका अनुसार पहिलो चरणको परिक्षामा हरेक सेन्टरबाट उत्कृष्ट अंक हासिल गर्ने ३/३ जना गरी कुल २७ जना टाटा गुरु छनोट हुनेछन् । यसरी छनोट भएका टाटा गुरुहरुको दोस्रो चरणमा स्किल टेस्ट र अन्तरबार्ता गरिनेछ । दोस्रो चरणमा उत्कृष्ट हुने ३ जना गुरुले फाइनलमा प्रतिस्पर्धा गर्न भारत जाने अबसर पाउनेछन् । यसरी बिश्वभरबाट आएका उत्कृष्ट गुरुहरुको भारतमा प्रतिस्पर्धा भई अन्तिममा बिजेता हुनेले महागुरुको उपाधी पाउने छन् ।

महाभारतको कुरु क्षेत्रको अबधारणमा आयोजना भैरहेको यो प्रतिस्पर्धाले नेपाली मेकानिक्सहरुको बास्तबिक क्षमता जाँच हुने बिश्वास लिइएको छ । उनले भने, ‘यो प्रतिस्पर्धामा सहभागी भएर टाटा गुरुहरुले आफ्नो सिप र क्षमताको स्तर थाहा पाउनेछन् । साथै प्रतिस्पर्धामा बिजेता हुनेहरुले आफ्नो सिप र क्षमता अभिबृद्धी गर्न टाटा मोटर्सको तर्फबाट बिभिन्न प्रकारका तालिम लिने अबसर पाउनेछन् । बिजेताले नगद पुरस्कारको साथै अन्य बिभिन्न प्रकारका उपहार समेत पाउनेछन ।’

टाटा मोटर्सले आयोजना गरेको यो प्रतियोगिताले भोलीका दिनमा मेकानिक्सहरुलाई के–कस्ता प्रकारका तालिम तथा सेमिनारको आबश्यक पर्ने हो भनेर समेत पत्ता लगाउन सहयोगी हुने बुढाथोकीको बुझाई छ । ‘झट्ट हेर्दा यो प्रतिस्पर्धा टाटा गाडीको मर्मत सम्भार गर्ने मेकानिक्स केन्द्रित देखिएपनि यसले देशमा कार्यरत समग्र मेकानिक्सहरुको क्षमताको स्तर पत्ता लगाउन सर्भेको भुमिका समेत खेल्नेछ । प्रतिस्पर्धामा कमजोर देखिएका गुरुहरुलाई भोलीका दिनमा थप क्षमतावान बनाउन के–कस्ता कार्यक्रम अघि सार्नुपर्ने हो भनेर पत्ता लगाउन यो प्रतिस्पर्धाले मद्धत गर्नेछ’ उनले भने ।

टाटा गाडीकोे मर्मत सम्भार तथा सर्भिसिङ र जेन्यूइन पार्टससंग सम्बन्धित बिभिन्न प्रबद्र्धनात्मक कार्यक्रमहरु अयोजना गर्दै आइरहेको सिप्रद्धी अटो पार्ट्सले टाटा च्यापियन जोन र टाटा गुरु अभियान जस्ता रचनात्मक कार्यक्रमहरुको समेत अयोजना गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

वर्षको पहिलो महिनामा भारतमा टाटा मोटर्सको सुखद सुरुवात, कारप्रेमीको रोजाइमा नेक्सन र पन्च

वर्षको पहिलो महिनामा भारतमा टाटा मोटर्सको सुखद सुरुवात, कारप्रेमीको रोजाइमा नेक्सन र पन्च

भारतमा यो वर्षको पहिलो महिना अर्थात २०२६ जनवरीमा सबैभन्दा धेरै बिक्री...

टाटाको नक्कली पार्ट्स विक्री गर्ने रौनियार प्रहरी नियन्त्रणमा

टाटाको नक्कली पार्ट्स विक्री गर्ने रौनियार प्रहरी नियन्त्रणमा

नेपाल प्रहरीले हिँजो काठमाण्डौ ढुङ्गेअड्डा स्थित न्यू प्रकाश अटो...

दशैं अवधिमा टाटाको फास्ट चार्जिङ सेवा निःशुल्क हुने, सर्भिस सेन्टर पनि खुल्ने

दशैं अवधिमा टाटाको फास्ट चार्जिङ सेवा निःशुल्क हुने, सर्भिस सेन्टर पनि खुल्ने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...