बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी टेडिङ प्रालिले ग्लोबल सर्भिस क्याम्प प्रारम्भ गरेको छ ।
हिजो फाल्गुन ५ देखि प्रारम्भ भएको सो क्याम्प आगामी फाल्गुन १६ गते सम्म बिहानको ९ः३० देखि साँझको ५ः३० सम्म संचाल हुनेछ ।
कम्पनीका अनुसार टाटाका कमर्सियल गाडी धनीहरुलाई सहजता प्रदान गर्न यो ग्लोबल सर्भिस क्याम्पको आयोजना गरिएको हो । २८ मंसिर देखि सुरु भएको ५औ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको यो तेस्रो चरणको सर्भिसिङ क्याम्प भएको कम्पनीको भनाइ छ ।
सिप्रदीका कमर्सियल गाडीको ग्राहक सेवाका प्रमुख साम्देन छिरिंग लामाले ग्लोबल सर्भिस क्याम्प ग्राहकवर्गहरुलाई निकै नै लाभदायी साबित भएको र ग्राहकहरुको आग्रहमा यो टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पलाई तेस्रो चरणबाट निरन्तरता दिइरहेको जानकारी दिए ।
उनले यो सर्भिस क्याम्प १० दिनको भएको र अघिल्लो चरणको सर्भिस क्याम्प छुटाउनु भएका ग्राहकहरुलाई यो अवसरको फाइदा उठाउन आग्रह गरेका छन् ।
गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४५ राष्ट्र लगायत नेपालका ४८ विभिन्न स्थानहरुमा आयोजित गरिएको छ । सो ग्लोवल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्स सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ ।
लेवर चार्जमा २५ प्रतिशत छुट, निःशुल्क इन्जिन आयल टप अप, टाटा जेन्यूइन स्पेयर पार्ट्समा १० प्रतिशत छुट, लुब्रिकेन्ट्समा १८ प्रतिशत छुट, टाटा जेन्यूइन स्पेयर पार्टसमा ६ महिनाको वारेन्टीका साथै निःशुल्क ४७ प्वाइन्ट चेक जाँच गरिने छ ।
त्यसैगरी निःशुल्क कम्प्युटर डाइग्नोसिस र सर्भिस क्याममा सहभागी ग्राहकहरुलाई निःशुल्क २ सय रुपैयाँको मोबाइल रिचार्ज समेत प्रदान गरिने बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...