बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी टेडिङ प्रालिले ग्लोबल सर्भिस क्याम्प २०२० शुरु गरेको छ । सो क्याम्प आज मंसिर २८ देखि ८ पौष गते सम्म संचालन हुनेछ । अहिलेको परिस्थितिलाई ध्यानमा राखेर यो वर्षको ग्लोबल सर्भिस क्याम्पको उद्घाटन सिप्रदीको आधिकारिक फेसबुक पेजबाट लाइभ गरिएको थियो ।
उक्त उदघाटन समारोहमा टाटा मोटर्स कमर्सियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्राले भिडियोमार्फत यस वर्ष धेरै महिना गाडी थन्काएर राखेका ग्राहकका गाडीहरुलाई सहजता प्रदान गर्न यो ग्लोबल सर्भिस क्याम्प २०२० को आयोजना गरेको जानकारी दिए ।
सोही समारोहमा सिप्रदी ट्रडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सिप्रदीको सफलताको श्रेय सबै ग्राहक महानुभावहरुको अटुट विश्वास, कर्मचारीहरुको निरन्तर मिहिनेत र लगनशीलता, मिडिया साथीहरुको साथका लागि धन्यवाद दिए । यसका साथै यो वर्ष ग्लोबल सर्भिस क्याम्पमा सुरक्षाको मापदण्डहरुलाई ध्यानमा राखेर १० दिन सम्म आयोजना गरिएकोे उल्लेख गरे ।
गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४५ राष्ट्र लगायत नेपालका ५० विभिन्न स्थानहरुमा आयोजित गरिएको छ । सो ग्लोवल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्स सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ ।
निःशुल्क बम्पर टु बम्पर चेकअप, निःशुल्क सर्भिसिङ, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स र ब्याट्रीमा भारी छुट, चालकहरूका लागि निःशुल्क तालिम, हरेक दिन स्मार्टफोन जित्ने अवसर र प्रत्येक दिन टाटा गाडी सम्बन्धी अनलाइन परामर्श जस्ता सुविधाहरु यस वर्षको प्रमुख विशेषताहरु रहेका छन् ।
यसका साथै सर्भिस सेन्टर परिसरभित्र सामाजिक दूरी कायम गर्न सिप्रदीले सर्भिस बुकिङलाई प्राथमिकता दिदै, सर्भिस प्रि(बुकिङ गर्ने ग्राहकहरुलाई थप उपहारको व्यवस्था पनि गरेको छ । सर्भिस बुकिङ गर्नको लागि ९८०१२२३३४४ मा मिस्ड कल दिन सकिने बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...