चैत १७ सम्म थप भयो टाटा मोटर्सको धमाका अफर, कमर्सियल गाडी किन्दा सुविधै सुविधा

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ल्याएको टाटा मोटर्सको धमाका नामक योजनाको समय थप गरेको छ ।

कमर्सियल गाडी खरिद गरी आफ्नो व्यवसायलाई नयाँ उचाईं दिने सोच बनाएका ग्राहकहरुका लागि अहिलेको असहज आर्थिक अवस्थामा पनि सहज होस् भनेर ल्याइएको अति नै आकर्षक अफर सहितको सो योजना अन्तर्गत ग्राहकहरुले पहिले कहिल्यै नपाएको सुविधाहरु प्राप्त गर्ने दावी कम्पनीले गरेको छ ।

माघ १८ गते देखि लागू भएको यो योजना फाल्गुण १६ गते सम्मका लागि सार्वजनिक गरिएको थियो । तथापि ग्राहकहरुको उच्च सहभागिता र मागलाई मध्यनजर गर्दै यस योजनालाई चैत १७ गते सम्मका लागि थप गरिएको सिप्रदी ट्रेडिङका सिनियर जीएम अनुपमणि ढकालले बताए ।

टाटा मोटर्सको धमाका अन्तर्गत नगद खरिदमा विशेष छुट, क्यास ब्याक अफर, नगद खरिदमा विशेष छुट सहित एएमसीको सुविधा, नगद खरिदमा ३ सरल किस्ताको सुविधा, आकर्षक अफर सहित एक्सचेन्जको सुविधा, ३ ईएमआई सम्म छुटको सुविधा तथा पुरानो टिपरको स्क्र्याप ल्याएर नयाँ गाडी खरिद गर्दा ३ लाख सम्मको छुट सुविधा प्राप्त हुनेछ ।

विभिन्न गाडीमा प्राप्त गर्न सकिने छुट सुविधा र अन्य विभिन्न जानकारी लिनका लागि सिप्रदी ट्रेडिङको फेसबुक पेज हेर्न सकिने बताइएको छ ।

सम्बन्धित समाचारहरू

फूल चार्जमा ५०० किमी सम्मको रेन्ज दिने सिएराको इलेक्ट्रिक भर्सन लन्च गर्दै टाटा

फूल चार्जमा ५०० किमी सम्मको रेन्ज दिने सिएराको इलेक्ट्रिक भर्सन लन्च गर्दै टाटा

टाटाले आफ्नो सिएरा ईभी एसयूभीको लन्चिङ मिति सार्वजनिक गरेको छ । मिडिया...

लन्च हुनुअघि टाटाको नयाँ इलेक्ट्रिक ट्रकले मच्चायो, हंगामा, पायो ३९ हजार अर्डर

लन्च हुनुअघि टाटाको नयाँ इलेक्ट्रिक ट्रकले मच्चायो, हंगामा, पायो ३९ हजार अर्डर

टाटा मोटर्सले आफ्नो लोकप्रिय मिनी ट्रक टाटा एसको इलेक्ट्रिक भेरिएन्ट...

मार्केट क्यापको आधारमा भारतको सबैभन्दा ठूलो कार निर्माता बन्यो टाटा मोटर्स

मार्केट क्यापको आधारमा भारतको सबैभन्दा ठूलो कार निर्माता बन्यो टाटा मोटर्स

टाटा मोटर्स बजार पुँजीकरणको हिसाबले भारतको सबैभन्दा ठूलो कार निर्माता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...