आजदेखि सुरु भयो टाटा मोटर्सको एक्सचेन्ज क्याम्प

काठमाडौँ । टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल’ एक्सचेन्ज क्याम्प ल्याएको छ ।

यो एक्सचेन्ज क्याम्प आज देखि शुरु भएको छ र आगामी भदौ ५ गतेसम्म सिप्रदीको नेपालभरि रहेका टाटा मोटर्स शोरुमहरुमा सञ्चालन हुने कम्पनीको भनाइ छ । एक्सचेन्ज क्याम्प शनिबार पनि विभिन्न मनोरन्जनात्मक कार्यक्रमका साथ सञ्चालन हुनेछ ।

अहिले नेपाली बजारमा ईभी गाडीहरु प्रति ग्राहकहरुको चासो बढिरहेको छ, जसमा टाटा मोटर्सका नयाँ ईभी गाडीप्रतिको रुचि निकै बढ्नुका साथै बिक्री पनि त्यहि क्रममा बढिरहेको बताइएको छ ।

प्रदुषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्युनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएको कारणले विगतका दिनमा ईन्धन (पेट्रोल वा डिजेल)बाट चल्ने कारहरु टाटा मोटर्सका विद्युतीय गाडीसँग साट्ने क्रम बढ्दो रहेको कम्पनीले जनाएको छ ।

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ ।

कम्पनीका अनुसार ग्राहकहरूलाई विभिन्न रिकन्डिसनहरू जानुको झन्झट आवश्यकता पनि पर्दैन । अब सजिलै एकै ठाउँमा सिप्रदी अस्योर्ड मार्फत उचित मूल्याङ्कन, शोरूममा बीमाको पनि सुविधा भएको हुनाले यसले ग्राहकहरुलाई थप सहजता प्रदान गर्नेछ । चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मुल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा र साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफर हरु पनि पाइनेछ ।

गाडी मुल्यांकन गर्न आउने ग्राहकले तुरुन्तै उपहार पाउनुका साथै हरेक दिन लक्की ड्र मार्फत ५ जना भाग्यशाली ग्राहकहरुले स्मार्टवाच पनि जित्न सक्नेछन् ।

साथै कार्यक्रमका अन्य प्रमुख आकर्षणहरु पनि रहेका छन् । जसमा जुनसुकै ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाईएका नेक्सन ईभीसँग साट्न सकिने व्यवस्था गरिएको छ ।

यस्तै एकै ठाउँबाटे गाडीको मूल्यांकन, न्युनतम चार लाखको गाडी मूल्यांकन, एक्सचेन्ज बोनस, एकै ठाउँमा ईन्स्योरेन्सको सुविधा, ८० प्रतिशतसम्म नयाँ गाडी फाइनान्सिङ्गको सुविधा, नयाँ गाडीको बुकिङको तथा मुल्यांकन संगै आकर्षक उपहार, निःशुल्क गाडीको थप एक्सेसोरिजलगायतका विशेषताहरु रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

टाटाकाे भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’ : पुराना गाडीसँग ‘टियागो ईभी र पन्च ईभी’ साट्न सकिने

टाटाकाे भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’ : पुराना गाडीसँग ‘टियागो ईभी र पन्च ईभी’ साट्न सकिने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी...

टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन

टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन

टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन भएको छ ।...

पन्च ईभीको भारतमा वुकिङ खुला, यस्ता छन् विशेषता

पन्च ईभीको भारतमा वुकिङ खुला, यस्ता छन् विशेषता

टाटा मोटर्सले आफ्नो लोकप्रिय माइक्रो एसयूभी पन्चको ईभी भर्सनलाई भारतमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...