टाटाका बीएस६ इन्जिनयुक्त ५ नयाँ कार नेपालमा, नयाँ मूल्य सूची सार्वजनिक

काठमाडौं – टाटाका बीएस६ इन्जिनयुक्त ५ नयाँ कार नेपाली बजारका लागि लन्च गरिएको छ । हिजो एक कार्यक्रमका बीच टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ती कार लन्च गरेको हो ।

टाटाका नेक्सन, टिगोर, टियागो, अल्ट्रोज र एच५ गाडी नेपाली बजारमा उपलब्ध भएका छन् । नयाँ इन्जिनमा आएसँगै यी गाडीको नयाँ मूल्यसूची समेत सार्वजनिक गरिएको छ ।

टाटा नेक्सन एसयूभी विभिन्न ७ भेरिएन्टमा उपलब्ध भएको छ । यसको मूल्य ३९ लाख ९५ हजार देखि ५२ लाख ५५ हजार रुपैयाँ सम्म छ । त्यसैगरी टिगोर सेडान विभिन्न ५ भेरिएन्टमा उपलब्ध छ र यसको मूल्य ३२ लाख ५० हजार देखि ३९ लाख ९५ हजार रुपैयाँ सम्म छ ।

टियागो ह्याचब्याक विभिन्न ५ भेरिएन्टमा उपलब्ध छ र यसको मूल्य २८ लाख देखि ३७ लाख १५ हजार रुपैयाँ सम्म छ । प्रिमियम ह्याचब्याक अल्ट्रोज एउटा भेरिएन्टमा मात्र उपलब्ध छ र यसको मूल्य ३५ लाख ५० हजार रुपैयाँ छ ।

टाटा एच५ विभिन्न ३ भेरिएन्टमा उपलब्ध छ र यसको मूल्य ८४ लाख ९९ हजार देखि ८९ लाख ९० हजार रुपैयाँ सम्म छ ।

टाटा मोटर्सले यी कारलाई ‘न्यु फरएभर रेन्ज’ भनेको छ । गाडी लन्चिङ कार्यक्रममा टाटा मोटर्सका प्यासेन्जर भेइकलतर्फका इन्टरनेसनल बिजनेस हेड मायांक बाल्डी, सिप्रदी कम्पनिजका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबरा, निर्देशक शम्भुप्रसाद दाहाल, सीईओ राजनबाबु श्रेष्ठ र अन्य विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो ।

सिप्रदी ट्रेडिङले सुरुवाती बुकिङ गर्ने १०० ग्राहकलाई विशेष अफर गरेको थियो । कम्पनीले सुरुमा बुकिङ गर्ने ग्राहकलाई आइफोन १२, आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक वर्ष सम्म निःशुल्क सर्भिसिङ सुविधा र निःशुल्क जेन्युइन एसेसरिजहरु दिने घोषणा गरेको थियो ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...