टाटा मोटर्सको बिक्रीमा उछाल, कुल विक्रीको ४ प्रतिशत हिस्सा इलेक्ट्रिक कारको

भारतीय अटो निर्माता टाटा मोटर्सले जुलाई महिनामा उत्कृष्ट विक्री हाँसिल गरेको छ । उक्त महिना कम्पनीले ४७ हजार ५०५ युनिट कार बिक्री गरेको हो । जुन अघिल्लो वर्षको सोही महिनामा विक्री भएको कुल ३० हजार १८५ युनिटको तुलनामा ५७ प्रतिशतले बढी हो । कमर्सियल सहित उसले अघिल्लो महिना ८१ हजार ७९० युनिट सवारीसाधन बिक्री गरेको छ ।

प्यासेन्जर कारको बिक्री बढाउन नेक्सन र टिगोर जस्ता इलेक्ट्रिक कारले ठूलो भुमिका खेलेको जनाइएको छ । उक्त महिना ४ हजार २२ युनिट इलेक्ट्रिक कार बिक्री भएको थियो । जुन अघिल्लो वर्षको सोही महिनामा बिक्री भएको ६ सय ४ युनिटको तुलनामा ५ सय ६६ प्रतिशतले बढी हो । प्यासेन्जर कारको कुल विक्रीमा इलेक्ट्रिक कारले ८ प्रतिशत र कुल विक्रीमा ४ प्रतिशत हिस्सा ओगट्न सफल भएको जनाइएको छ ।

अघिल्लो महिना बिक्री भएको इलेक्ट्रिक कारको संख्या हालसम्मकै सर्वाधिक रहेको टाटा मोटर्सले बताएको छ । जुन महिनामा कम्पनीले ३ हजार ५०७ युनिट इलेक्ट्रिक कार बिक्री गरेको थियो । भारतको इलेक्ट्रिक कार बजारमा ८० प्रतिशत हिस्सा सहित टाटा मोटर्स अग्रस्थानमा रहँदै आएको छ ।

यो ब्रान्डको इलेक्ट्रिक कार नेपाली बजारमा समेत सर्बाधिक बिक्री हुने ब्रान्डका रुपमा स्थापित भएको छ । हालसम्म यसको ७ सय हाराहारी इलेक्ट्रिक कार बिक्री भैसकेका छन् भने माग पति उत्तिकै मात्रामा बृद्धि भैरहेको छ । इलेक्ट्रिक कार वाहेक यसको नेक्सन एसयूभी, टिगोर र ट्यागो ह्याचव्याक जस्ता कार समेत लोकप्रिय वनिरहेका छन् ।

सम्बन्धित समाचारहरू

नेपालमा पहिलोपटक लन्च भयाे ‘टाटा अल्ट्रा ग्रिज’

नेपालमा पहिलोपटक लन्च भयाे ‘टाटा अल्ट्रा ग्रिज’

काठमाडौं – टाटा मोटर्सद्वारा उत्पादित टाटा जेन्युइन पार्ट्स र टाटा मोटर...

लन्च भयो भारतको पहिलो प्रिमियम ह्याचब्याक कार अल्ट्रोज रेसर, यस्तो छ विशेषता

लन्च भयो भारतको पहिलो प्रिमियम ह्याचब्याक कार अल्ट्रोज रेसर, यस्तो छ विशेषता

टाटा मोटर्सले भारतीय बजारमा प्रिमियम ह्याचब्याक सेगमेन्टमा पहिलो कार...

सिप्रद्धी ट्रेडिङले ल्यायो टाटा इन्ट्रामा क्यासब्याक अफर

सिप्रद्धी ट्रेडिङले ल्यायो टाटा इन्ट्रामा क्यासब्याक अफर

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितर सिप्रद्धी ट्रेडिङले सानो ट्रक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...