टाटाले ल्यायो टिगोर र टियागो ईभीको अपडेट भर्सन

टाटा मोटरले टिगोर र टियागो ईभी अपडेट गरेको छ, जसमा इन्टेरियरको साथै एक्सटेरियर डिजाइन पनि समावेश छ ।

टाटाले टियागोको पेट्रोल र पेट्रोल प्लस सीएनजी दुबै भेरिएन्ट यथावत राखेको छ । २०२५ टाटा टियागो ईभीको मूल्य ७ लाख ९९ हजार भारुबाट सुरु हुन्छ । नयाँ टियागो र टियागो ईभीमा अब नयाँ ग्रिलको साथ अपडेट लुक समावेश छ । साथै टियागो र टियागो ईभीको नयाँ क्यान्डी कलरले एसयूभीलाई निकै आकर्षक बनाएको छ ।

कम्पनीले टियागो र टियागो ईभीमा नयाँ हेडलाइट समावेश गरेको छ । यसलाई हेलोजन प्रोजेक्टर सेटअपको ठाउँमा एलईडीको रिफ्लेक्टर सेटअप राखिएको छ । यद्यपि यसको एलईडी डीआरएल र फग लाइट यथावत राखिएको छ ।

यसमा १५ इन्चको अलोय ह्विल, शार्क-फिन एन्टिना, १०.२५ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, क्रूज़ कन्ट्रोल, टायर प्रेशर मनिटरिङ सिस्टम र टाइप सी चाजिर्ङ पोर्ट समावेश गरिएको छ । टाटा टियागो र टियागो ईभीको साथमा कम्पनीले टिगोर आईसीई मोडल पनि अपडेट गरेको छ।

२०२५  टिगोरमा ग्रिलमा क्रोम हाइलाइट र १०.२५ इन्चको इन्फोटेनमेन्ट स्क्रिन पनि समावेश गरिएको छ । यद्यपि नयाँ टिगोर २०२५ टियागोको तुलनामा अधिक सुविधा सम्पन्न हुनेछ, जसलाई एक्सजेड प्लस ट्रिममा आधारित नयाँ लक्स टप भेरिएन्ट समावेश छ। सेफ्टीका लागि ३६० डिग्री क्यामेरा र लेदर स्टेयरिङ ह्विलको साथमा पुश बटन स्टार्ट समावेश छ ।

२०२५ टियागो र २०२५ टिगोर समान १.२ लिटर ३ सिलिन्डर एनए पेट्रोल इन्जिनको साथमा ड्युअल सिलिन्डर आई-सीएनजी प्रविधिको विकल्पमा उपलब्ध हुनेछ । २०२५ टियागो ईभीमा पहिले जस्तै १९.२ किलोवाट र २४ किलोवाटको ब्याट्री प्याकको विकल्प रहेको छ । सो ब्याट्रीले फुल चार्जमा ३१५ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।

सम्बन्धित समाचारहरू

टाटा अल्ट्राेज रेसरको पहिलो टिजर रिलिज, स्पोर्टी लुक र 360 डिग्री क्यामेरा जस्ता सुविधा हुने

टाटा अल्ट्राेज रेसरको पहिलो टिजर रिलिज, स्पोर्टी लुक र 360 डिग्री क्यामेरा जस्ता सुविधा हुने

टाटा मोटर्सले आफ्नो बहुप्रतिक्षित कार अल्ट्रोज रेसरको पहिलो टिजर...

४ सय किमी लङ रेन्ज दिने नेक्सन ईभी मे ११ मा सार्वजनिक हुने

४ सय किमी लङ रेन्ज दिने नेक्सन ईभी मे ११ मा सार्वजनिक हुने

आखिर अब प्रतीक्षाको घडी समाप्त हुने भएको छ । टाटा मोटर्सले नेक्सन ईभीको लङ...

पन्च ईभीले पायो ५ स्टार रेटिङ, कहिले आउला नेपाल ?

पन्च ईभीले पायो ५ स्टार रेटिङ, कहिले आउला नेपाल ?

टाटा मोटर्सको माईक्रो एसयूभी पन्च ईभीले क्र्यास टेष्टमा ५ स्टार रेटिङ हात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...