११ लाख भारुमा लन्च भयो पन्च ईभी, रेन्ज ३१५ र ४२१ किलोमिटर दिने दावी
टाटा मोटर्सले आफ्नो लोकप्रिय माइक्रो एसयूभी पन्चको ईभी भर्सनलाई आज भारतमा...
टाटा मोटर्सले २०२४ मा नयाँ बिक्री रेकर्ड राख्ने अपेक्षा गरेको छ । कम्पनीका अनुसार ईभी र कम्वसन दुबै भर्सनमा नयाँ मोडलहरु लन्च हुने कारण वर्ष २०२४ अहिलेसम्मकै उत्कृष्ट हुनेछ ।
टाटा मोटर्स प्यासेन्जर भेहिकल एण्ड टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीका प्रबन्ध निर्देशक शैलेश चन्द्रका अनुसार वर्ष २०२४ कम्पनीका लागी विशेष हुनेछ । उनले भने, ‘टाटा मोटर्सका लागी अर्को वर्ष थप आशाजनक हुने अपेक्षा गरेका छौँ । ईभी र कम्वसन दुबै भर्सनमा हामीले दुईदेखि तीनवटा नयाँ मोडलहरू थपेर हाम्रो पोर्टफोलियोलाई पूर्ण रूपमा परिमार्जन गर्दैछौं जसमा फेसलिफ्ट र नयाँ नेमप्लेट समावेश हुनेछन् ।’
चन्द्राले टाटा मोटर्सको बृद्धि उद्योगभन्दा छिटो हुने बताए । कम्पनीले २०२४ मा १० प्रतिशतले बिक्री बढाउन खोजिरहेको बताइएको छ । ५ प्रतिशतको वृद्धिका साथ टाटाले २०२३ मा ५ लाख ५० हजार युनिट बिक्री गर्ने अपेक्षा गरेको छ ।
टाटा मोटर्सले हालसालै ह्यारियर र सफारीलाई अपडेट गर्नुको साथै नेक्सन र नेक्सन ईभीको फेसलिफ्ट सार्बजनिक गरेको छ । साथै कम्पनीले ह्यारियर र पन्चलाई सोही वर्ष ईभी भर्सनमा उताने तयारी थालेको छ भने कर्भ ईभीलाई पनि २०२४ भित्रै बिक्री सुरु गर्ने तयारी गरिरहेको छ ।
सन् २०२६ सम्ममा १० नयाँ मोडलका ईभी आफ्नो लाइनअपमा थप्ने कम्पनीको योजना छ ।
टाटा मोटर्सले आफ्नो लोकप्रिय माइक्रो एसयूभी पन्चको ईभी भर्सनलाई आज भारतमा...
काठमाडौं–टाटा मोटर्सले आफ्नो इन्ट्रि लेभल कार टियागो ईभी ५० हजार यूनिट...
टाटा मोटर्सले भारतीय बजारमा प्रिमियम ह्याचब्याक सेगमेन्टमा पहिलो कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...