टाटा मोटर्सले २०२५ सम्म १० नयाँ इलेक्ट्रिक कार बजारमा ल्याउने

टाटा मोटर्सले २०२५ सम्ममा १० नयाँ इलेक्ट्रिक कार लन्च गर्ने घोषणा गरेको छ । सो कार विशेषगरी भारतीय बजारको लागि तयार गरिनेछ । हाल कम्पनीले इलेक्ट्रिक कार टाटा नेक्सन बिक्री गरिरहेको छ ।

टाटा मोटर्सका चेयरम्यान एन चन्द्रशेखरनले भारतमा बिजनेस मोडललाई अझै टिकाउ बनाउनका लागि १० नयाँ इलेक्ट्रिक कार बजारमा ल्याउने योजना बनाएको बताए । सवारी साधनको पोर्टफोलियो विस्तारका लागि युरोपमा पनि बिक्री गर्ने र ब्याट्री निर्माता कम्पनीसँग सहकार्यको खोजीमा रहेको उनको भनाइ छ । उनले यसका लागि चार्जिङ पूर्वाधारको निर्माण समेत गरिने बताए ।

यसका लागि एक अटोनोमस सफ्टवेयर र इन्जिनियरिङ भर्टिकल तयार गर्ने योजना समेत रहेको छ ।

टाटा मोटर्सका अनुसार नेक्सन इलेक्ट्रिक कार २०२० जनवरी देखि हालसम्म ४ हजार युनिट बिक्री भइसकेको छ । नेक्सन ईभी २०२०–२१ मा भारतमा सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक कार हो ।

भारतमा नेक्सन इलेक्ट्रिक कार निकै लोकप्रिय रहेको छ । सो कारको मागलाई ध्यानमा राखेर कम्पनीले इलेक्ट्रिक कारको पोर्टफोलियो बढाउने निर्णय गरेको थियो । सो कार केही दिन भित्रै नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।

कम्पनीले ज्न्यगुआर ल्यान्डरोभर ब्रान्डमा पनि २०३० को अन्त्य सम्ममा सबै गाडी इलेक्ट्रिक बनाउने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचारहरू

टाटा मोटर्स र स्टेलान्टिसको २० वर्षे सहकार्य, भविष्यका लागि नयाँ सम्झौतासहित थप विस्तार

टाटा मोटर्स र स्टेलान्टिसको २० वर्षे सहकार्य, भविष्यका लागि नयाँ सम्झौतासहित थप विस्तार

टाटा मोटर्स प्यासेन्जर भेइकल र स्टेलान्टिसले आफ्नो २० वर्ष लामो...

विद्यालय र अभिभावकमाझ लोकप्रिय बन्दै लोकोन्याभ सिप्रदी एप

विद्यालय र अभिभावकमाझ लोकप्रिय बन्दै लोकोन्याभ सिप्रदी एप

काठमाडौं – सिप्रदी ट्रेडिङ्ग प्रालिले स्कूल बसहरुलाई लक्षित गरी...

टाटा कर्भ ईभीद्वारा कश्मीर देखि कन्याकुमारी सम्म सबैभन्दा छिटो ड्राइभको रेकर्ड कायम

टाटा कर्भ ईभीद्वारा कश्मीर देखि कन्याकुमारी सम्म सबैभन्दा छिटो ड्राइभको रेकर्ड कायम

टाटा कर्भ ईभीले भारतको कश्मीर देखि कन्याकुमारी सम्मको ३ हजार ८२३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...