टाटा पन्च बन्यो जुन २०२६ को सर्वाधिक बिक्री हुने कार
जुन २०२६ मा भारतीय बजारका लागि सर्वाधिक बिक्री हुने कारको सूचीमा टाटा पन्च...
टाटा मोटर्सले आफ्ना तीन लोकप्रिय एसयुभी सफारी, ह्यारिय र नेक्नसनलाई स्पेयसल एडिसनमा उतारेको छ । यी तीन एसयूभीको टप भेरियन्टमा फिचर्स थप गरेर उसले जेट एडिसन ल्याएको हो । जसको लुक्समा कस्मेटिक परिवर्तन समेत गरिएको छ ।
यसअघि डार्क र काजिराङगा एडिसन सार्वजनिक गरिसकेको कम्पनीले यो नयाँ एडिसनमा प्रशस्तै सेफ्टि फिचर्स थप गर्नुको साथै नयाँ पेन्ट स्किम समेत दिएको छ । यसैगरी नेक्सन एसयूभीमा वायरलेस चार्जर समेत दिइएको छ ।
यो नयाँ एडिसन अन्तर्गत नेक्सनको मूल्य १२ लाख १३ हजार भारु निर्धारण गरिएको छ भने ह्यारियरको २० लाख ९० हजार र सफारीको २१ लाख ३५ हजार भारुदेखी शुरु हुने जनाइएको छ । यसको मेकानिकल पक्षमा भने कुनै परिवर्तन गरिएको छैन ।
जेट एडिसनका यी तीनवटै एसयूभीमा व्रोन्ज वडी र सिल्भर रुफ सहितको स्टारलाइट डुअल टोन पेन्ट फिनिस दिइएको छ । यी एसयूभीको फ्रन्ट र रियर दुवै भागमा कालो कलरको एलोइ ह्विल र स्किड प्लेट थप गरिएको छ । इन्टेरियलाई कालो र सेतो रङ सहित डुअल टोन स्किम दिइएको छ ।
फिचर्सको कुरा गर्नुपर्दा सफारी र ह्यारियरमा प्रशस्तै एक्टिभ सेफ्टि फिचर्स थप गएिको छ । यी दुई एसयूभीमा ड्राइभर ड्रोजीनेस अलर्ट, प्यानिक व्रेक अलर्ट र आफ्टर इम्प्याक्ट व्रेकिङ लागत अन्य सेफ्टि फिचर्स थप गरिएको हो । साथै सवै रोमा यूएसवी सी टाइप चार्जर, सफारीमा नयाँ हेड रेस्टरेन्ट्स र ह्यारियरमा इलेक्ट्रोनिक पार्किङ व्रेक एवं सवै चक्कामा डिस्क व्रेक जडान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...