ईभी बिक्री गर्न टाटाले संचालनमा ल्यायो छुट्टै ‘डेडिकेटेड’ शोरुम, नेपालमा कहिलेदेखी ?

काठमाडौं– टाटा मोटर्सले भारतमा ईभीको छुट्टै डेडिकेटेड शोरुम संञ्चालनमा ल्याएको छ । टाटा मोटर्सको सहायक कम्पनी टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीले सेक्टर १४ र सोहना रोड, गुरुग्रामको अटो हबमा आफ्नो टाटा डट इभी शोरुम सुरू गरेको हो । कम्पनीले टाटा डट इभी शोरुमहरु २०२४ को जनवरी ७ देखि सर्वसाधारणका लागि खोल्ने योजना बनाएको छ ।

परम्परागत पेट्रोलियम गाडीको तुलनामा ईभीको छुट्टै विशेषता हुने र ग्राहकले पनि ईभी खरिद गर्दा शोरुममा फरकपनको अनुभब गर्न सकुन भनेर नयाँ डेडिकेटेड शोरुम संचालनमा ल्याइएकोे टाटा मोटर्सले जनाएको छ । ईभी उत्पादनमा निकै नै आक्रमक देखिएको टाटा भारतको सबैभन्दा ठूलो उत्पादक र सर्बाधिक बजार हिस्सा सहित अग्रणी स्थानमा रहँदै आएको छ ।

सो ईभी डेडिकेटेड शोरुममा इभी खरिद गर्नु अगाडि सबै ग्राहकहरुसँग छुट्टै खालको कुराहरु सेयरिङ गर्ने र कफी पनि खान सकिने फ्रेन्डली वातावरण प्रदान गरिएको छ । साथै नयाँ शोरुमले टाटा ब्राण्डको ईभीमा ग्राहकको विश्वास बढाउन मद्धत गर्ने बताइएको छ ।

भारतमा टाटाले ईभीका लागी छुट्टै डेडिकेटेड शोरुम संचलान गर्न थालेपछि यसको प्रभाव नेपाल लगायत अन्य राष्ट्रमा पनि पर्ने देखिएको छ । बिक्रेता कम्पनीहरुले विस्तारै ईभी र कम्वसन दुवै गाडीका लागी फरक–फरक शोरुम निर्माण गर्नुपर्ने अबस्था सिर्जना हुन सक्ने टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ स्रोतले जनाएको छ ।

उक्त स्रोतका अनुसार टाटा मोटर्सबाट हालसम्म कुनै जानकारी नआएपनि विस्तारै नेपाली बजारमा पनि ईभीका लागी छुट्टै डेडिकेटेड शोरुम निर्माण गर्नुपर्ने अबस्था सिर्जना हुन सक्नेछ ।

सम्बन्धित समाचारहरू

टाटा मोटर्सले १ लाख इलेक्ट्रिक कार बेच्यो, बिक्री चार्टमा नेक्सन ईभी शीर्ष स्थानमा

टाटा मोटर्सले १ लाख इलेक्ट्रिक कार बेच्यो, बिक्री चार्टमा नेक्सन ईभी शीर्ष स्थानमा

टाटा मोटर्सको नेक्सन ईभी लन्चिङ समयदेखि हालसम्म १ लाख युनिट बिक्री गरेको...

टाटा ईभी ग्राहकका लागि सिप्रदीद्वारा ‘विन्टर ईभी सर्भिस एण्ड एक्सचेन्ज क्याम्प’ गरिदै

टाटा ईभी ग्राहकका लागि सिप्रदीद्वारा ‘विन्टर ईभी सर्भिस एण्ड एक्सचेन्ज क्याम्प’ गरिदै

काठमाडौं – टाटा मोटर्सका लागि नेपालको अधिकृत वितरक सिप्रदी ट्रेडिङ...

टाटा गाडीको एक्सचेन्ज क्याम्प हुँदै, ग्राहकलाई आइपीएल हेर्न जाने मौका

टाटा गाडीको एक्सचेन्ज क्याम्प हुँदै, ग्राहकलाई आइपीएल हेर्न जाने मौका

काठमाडौं–टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...