चर्चामा टाटाको सबैभन्दा सस्तो कार, फेरि देखियो स्पाई तस्बिर

टाटाले गत अटो एक्सपोमा प्रदर्शन गरेको ‘एचबीएक्स’ कोडनेमको कन्सेप्ट कार आगामी दिनमा टाटा हर्नबिलको नाममा आउने सम्भावना छ । यो कारको धेरै पटक परीक्षण गरिरहेका तस्बिर सार्वजनिक भएका थिए ।

अहिले फेरि यसको स्पाई तस्बिर फेरि सार्वजनिक भएको छ । यसबाट अलोय ह्विल र प्रोडक्सन स्पेक लाइटिङ सिस्टमको वारेमा धेरै जानकारी भएको छ । टाटाको यो माइक्रो एसयूभी टाटाको सबैभन्दा सस्तो कार हुने अनुमान गरिएको छ ।

यसको फ्रन्ट डिजाइन टाटा ह्यारियर अर्थात नेपाली बजारमा उपल्ब्ध एचफाइभबाट प्रेरित भए जस्तो लाग्छ । यसको टपमा स्लिक एलईडी डीआरएलका साथ स्प्लिट हेडल्याम्प सेटअप र बम्परमा मुख्य हेडल्याम्प युनिट छ ।

एसयूभीको बम्परमा फगल्याम्प र फराकिलो एयर इन्टेक दिइएको छ । त्यसैगरी यसमा ब्ल्याक क्लेडिङ उपलब्ध छ ।

टाटाको यो नयाँ कारमा १.२ लिटर थ्री सिलिन्ढर नेचुरल्ली एस्पिरेटेड इन्जिन हुनेछ, जुन टाटा टियागो र अल्ट्रोजमा पनि उपलब्ध छ । सो इन्जिनले ८६ बीएचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ । यसमा १.२ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन पनि उपलब्ध हुन सक्ने सम्भावना छ ।

यसको मूल्य अहिले नै भन्न नसकिए पनि भारतीय बजारमा ५ लाख भारुको हाराहारी हुने अनुमान गरिएको छ । यसले गर्दा यो निकै नै सस्तो कारको रुपमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

आक्रमक बजार विस्तार गर्दै टाटा मोटर्स, पहिलो पटक एकै महिनामा बेच्यो ४० हजार कार

आक्रमक बजार विस्तार गर्दै टाटा मोटर्स, पहिलो पटक एकै महिनामा बेच्यो ४० हजार कार

पछिल्ला केही महिना टाटा मोटर्स प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित...

नयाँ नेक्सन ‘के–३’ को बुकिङ खुला, मूल्य कति ?

नयाँ नेक्सन ‘के–३’ को बुकिङ खुला, मूल्य कति ?

काठमाडौं– नेपाली बजारमा निकै चर्चा कमाएको बिद्युतिय कार टाटा नेक्सन नयाँ...

टाटा नेक्सन ईभीको मूल्य  ३५ लाख ९९ हजार रुपैयाँ, सार्वजनिक भयो नेपालमा

टाटा नेक्सन ईभीको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ, सार्वजनिक भयो नेपालमा

काठमाडौं – टाटा मोटर्सको बहुप्रतीक्षित इलेक्ट्रिक कार नेक्सन ईभी नेपालमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...