अपडेटेड टाटा ह्यारियर फेसलिफ्ट चाँडै बजारमा आउँदै, फर्स्ट लुक सार्वजनिक

टाटाले लामो समयदेखि परीक्षण कालमा रहेको ह्यारियर फेसलिफ्ट चाँडै लन्च गर्ने भएको छ । टाटा ह्यारियर फेसलिफ्ट २०२३ अटो एक्सपोमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

नयाँ टाटा ह्यारियर फेसलिफ्टमा केही फिचर अपडेट गरिएको छ साथै यसमा नयाँ फ्रन्ट लुक हुनेछ । कारको फ्रन्टमा सेट, पुनः डिजाइन गरिएको हेडलाइट र नयाँ टप माउन्ट गरिएको एलईडी डीआरएल समावेश गरिने छ । साथै नयाँ अलोय ह्विल र नयाँ एलईडी टेललाइट पनि हुने अपेक्षा गरिएको छ ।

टाटा ह्यारियर फेसलिफ्टमा अन्य साना परिवर्तन गरिएको डिजाइन पनि देख्न सकिन्छ । ह्यारियर फेसलिफ्टमा एडीएएस सेफ्टी फिचरको सुविधा पनि हुनेछ । दुर्घटनाको प्रभावलाई रोक्न वा कम गर्न क्रुज कन्ट्रोल पनि हुनेछ । कारको इन्टेरियरमा नयाँ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जस्ता सुविधा हुने अनुमान गरिएको छ ।

नयाँ ह्यारियर फेसलिफ्टमा ३६० डिग्री क्यामेरा सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, ठूलो प्यानोरामिक सनरुफ र पावरबाट चल्ने फ्रन्ट सिट जस्ता फिचर हुनेछ । यसमा २.० लिटर डिजेल इन्जिन समावेश गरिएको छ । सो इन्जिनले १७० पीएसको पावर र ३५० एनएमको टर्क जेनेरेट गर्छ । यो इन्जिनलाई ६ स्पिड म्यानुअल वा अटोमेटिक गियरबक्समा मिलाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

सिप्रदीको पाचौं समूहको निःशुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न

सिप्रदीको पाचौं समूहको निःशुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न

काठमाडौं – सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन...

सुरक्षित यात्राको लागि टाटा कमर्सियल गाडीहरुको आजबाट होली सर्भिस क्याम्प

सुरक्षित यात्राको लागि टाटा कमर्सियल गाडीहरुको आजबाट होली सर्भिस क्याम्प

काठमाडौं – नेपालीहरुको महान पर्व होली नजिकिदै गर्दा यातायातका साधनहरुको...

सिप्रदी एस्योर्डको ‘ईयर इन्ड सेल’ स्किम, गाडी खरिद र सट्टापट्टमा फाइदै फाइदा

सिप्रदी एस्योर्डको ‘ईयर इन्ड सेल’ स्किम, गाडी खरिद र सट्टापट्टमा फाइदै फाइदा

काठमाडौं–टाटा प्यासेन्जर कारको आधिकारिक रिकन्डिसन हाउस सिप्रदी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...