७५ किलोवाट क्षमताको ब्याट्री प्याक सहित टाटाले ह्यारियर ईभी ल्याउँदै

टाटा मोटर्सले टाटा ह्यारियरको ईभी लन्च गर्ने तयारी गरिरहेको छ । ह्यारियर ईभीको डिजाइन लगभग इन्टरनल कम्बसन इन्जिन संस्करण जस्तै हुनेछ । यसमा ७५ किलोवाट क्षमताको ब्याट्री प्याक उपलब्ध छ ।

रिपोर्टका अनुसार नयाँ ह्यारियर ईभीमा ड्युअल मोटर हुनेछ, जसले इलेक्ट्रिक अल ह्विल ड्राइभ सिस्टमलाई पावर प्रदान गर्नेछ । यसमा स्लिक एलईडी डीआरएलको साथमा क्लोज्ड अफ ग्रिल समावेश गर्नेछ । यसमा हेडल्याम्प ह्यारियरको आईसीई संस्करण जस्तै राखिनेछ । यद्यपि यसको बम्पर केही फरक हुनेछ । यसको रियर डिजाइन पनि आईसीई संस्करण जस्तै हुनेछ ।

नयाँ ह्यारियर ईभीमा १९ इन्चको अलोय ह्विल हुनेछ । ह्यारियर ईभी २०२५ भारत मोबिलिटी ग्लोबल एक्सपोमा प्रस्तुत गर्ने सम्भावना छ । यद्यपि कम्पनीले यसको लन्चको पुष्टि गरेको छैन । यसले हुन्डाईको आगामी क्रेटा इलेक्ट्रिक, महिन्द्रा एक्सईभी ९ई, सुजुकी इलेक्ट्रिक भिटारा र टोयोटा अर्बन क्रुजरसँग प्रतिस्पर्धा गर्नेछ ।  

नयाँ ह्यारियर ईभी इलेक्ट्रोनिक एडब्ल्यूडी सिस्टम भएको ट्विन इलेक्ट्रिक मोटर्सले सुसज्जित हुनेछ जसले फुल चार्जमा ५०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । रिपोर्टका अनुसार टाटा ह्यारियर ईभीको उत्पादन सुरु भइसकेको छ ।

यसको एक्टेरियरमा शट अटो टाइम नेटवर्क ग्रिल, न्यू हेल्याम्प र एलईडी डे रनिङ लाइट, एयरो-स्टाइलको अलोय व्हिल र आईसी भेरिएन्ट भन्दा फरक एलईडी टेलल्याम्प समावेश हुनेछ । यसको लो र मिड-स्पेक भेरिएन्टमा ६० किलोवाट क्षमताको ब्याट्री प्याक समावेश हुनेछ र यसमा डीसी फास्ट चार्जिङको सुविधा पनि उपलब्ध हुनेछ।

सम्बन्धित समाचारहरू

अब ६२२ रुपैयाँमा टाटा टियागो र ८०३ रुपैयाँमै पन्च ईभी

अब ६२२ रुपैयाँमा टाटा टियागो र ८०३ रुपैयाँमै पन्च ईभी

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी...

आर्थिक मन्दीको असर नयाँ वर्ष अफरमा देखियो, धेरै कार ब्रान्डले ल्याएनन् अफर

आर्थिक मन्दीको असर नयाँ वर्ष अफरमा देखियो, धेरै कार ब्रान्डले ल्याएनन् अफर

काठमाडौं– आर्थिक मन्दीका कारण अटोमोबाइल बजार अहिले निकै कठिन अवस्थाबाट...

टाटाको मिनी ईभी ट्रक ‘एस’ नेपाली बजारमा, फेस्टिभ अफरमा २ लाख ५० हजार छुट

टाटाको मिनी ईभी ट्रक ‘एस’ नेपाली बजारमा, फेस्टिभ अफरमा २ लाख ५० हजार छुट

काठमाडौं– टाटाको पहिलो कमर्सियल ईभी ‘एस’ नेपाली बजारमा भित्रिएको छ । सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...