टाटा ह्यारियर ईभीले पायो क्र्यास टेष्टमा ५ स्टार रेटिङ

भारतिय बजारमा हालै लन्च गरिएको टाटाको नयाँ ईभी ह्यारियले क्र्यास टेष्टमा उत्कृष्ट नतिजा हात पारेको छ । भारत एनक्यापले हालै सम्पन्न गरेको सो परिक्षणमा ह्यारियले ५ स्टार रेटिङ पाएको हो ।

सो ईभीले एडल्ट प्यासेन्जर सेफ्टिका लागि ३२ मा ३२ नै अंक र चाइल्ड प्यासेन्जर सेफ्टिका लागी ४९ मा ४५ अंक प्राप्त गरेको छ ।

क्र्यास टेष्ट रिपोर्ट अनुसार, ह्यारियर ईभीले फ्रन्टल अफसेट ब्यारियर परीक्षणमा चालक र प्यासेन्जरलाई राम्रो सुरक्षा प्रदान गरेको थियो । ईभीले साइड मुभेबल ब्यारियर र साइड पोल इम्प्याक्ट परीक्षणहरूमा पनि प्यासेन्जरलाई राम्रो सुरक्षा प्रदान गरेको दाबी गरिएको छ ।

उक्त परिक्षणका लागि भारत एनक्यापले ह्यारियर ईभीका दुई भेरियन्ट इम्पावर्ड ७५ र इम्पावर्ड ७५ अल ह्विल ड्राइभलाई प्रयोगमा ल्याएको थियो ।

यी भेरिएन्टमा फ्रन्ट एयरब्याग, साइड हेड कर्टेन एयरब्याग र साइड चेस्ट एयरब्याग राखिएको छ । साथै, ईभीमा सिट बेल्ट प्रिटेन्सनर र लोड–लिमिटर, सिट बेल्ट रिमाइन्डर र ईएससी जस्ता सेफ्टि फिचर समेत पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

टाटा टिगोर इलेक्ट्रिक कार लन्च हुने तयारी, नेक्सन ईभीको फिचर समावेश हुने

टाटा टिगोर इलेक्ट्रिक कार लन्च हुने तयारी, नेक्सन ईभीको फिचर समावेश हुने

टाटा मोटर्सले चाँडै नै टाटा टिगोर ईभीको रिभाइज्ड इलेक्ट्रिक भेरिएन्ट टाटा...

टाटाको नक्कली पार्ट्स विक्री गर्ने रौनियार प्रहरी नियन्त्रणमा

टाटाको नक्कली पार्ट्स विक्री गर्ने रौनियार प्रहरी नियन्त्रणमा

नेपाल प्रहरीले हिँजो काठमाण्डौ ढुङ्गेअड्डा स्थित न्यू प्रकाश अटो...

इलेक्ट्रिक अवतारमा आउँदै टाटा ह्यारियर, ५०० किलोमिटरको रेन्ज दिने दाबी

इलेक्ट्रिक अवतारमा आउँदै टाटा ह्यारियर, ५०० किलोमिटरको रेन्ज दिने दाबी

टाटाले जुन ३ मा टाटा ह्यारियरको इलेक्ट्रिक अवतार लन्च गर्ने तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...