भारत एनक्यापको पहिलो नतिजा सार्वजनिक, टाटा ह्यारियर र सफारीलाई फाइभ स्टार
भारत सरकारले पहिलो पटक क्र्यास टेस्ट ‘भारत न्यु कार एसेस्मेन्ट प्रोग्राम...
टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन भएको छ । दुर्घटना मुम्बई–अहमदाबाद राजमार्गमा मुम्बई नजिकैको पालघरको कासा नजिक भएको हो ।
प्रारम्भिक जानकारी अनुसार मिस्त्रीको मर्सिडिज कार सडकको डिभाइडरसँग ठोक्किएको हो । गाडीमा जम्मा चार जना सवार थिए । दुर्घटनामा मिस्त्रीसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनापछि मिस्त्रीलाई अस्पताल पु¥याइएको थियो, जहाँ उनलाई मृत घोषणा गरिएको थियो ।
पालघरका पुलिस अधीक्षक बालासाहेब पाटिलले सो कुराको पुष्टि गरेको कुरा भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । अहमदाबादबाट मुम्बई जाने बाटोमा रहेको सूर्या नदीको पुलमा दिउँसो करिब ३ः३० बजे दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।
यस वर्षको जुन २८ मा साइरसका बुवा र व्यापार व्यवसायी पल्लोनजी मिस्त्रीको निधन भएको थियो । साइरस र उनको बुबाको मृत्यु पछि, उनको परिवारमा उनकी आमा पाट्सी पेरिन दुबास, शापूर मिस्त्री, दुई बहिनी लैला मिस्त्री र आलु मिस्त्री छन् ।
साइरस मिस्त्री टाटा समूहका छैटौं समूह अध्यक्ष थिए । डिसेम्बर २०१२ मा, रतन टाटाले टाटा सन्सको अध्यक्ष पदबाट राजीनामा दिए । त्यसपछि यो पद साइरस मिस्त्रीलाई दिइएको थियो । तर, चार वर्षभित्रै २४ अक्टोबर २०१६ मा टाटा सन्सले उनलाई अध्यक्ष पदबाट हटायो । उनको स्थानमा रतन टाटालाई अन्तरिम अध्यक्ष बनाइएको थियो । यसपछि १२ जनवरी २०१७ मा एन चन्द्रशेखरनलाई टाटा सन्सको अध्यक्ष बनाइएको थियो ।
साइरसको जन्म सन् १९६८ जुलाई ४ मा भएको थियो ।
भारत सरकारले पहिलो पटक क्र्यास टेस्ट ‘भारत न्यु कार एसेस्मेन्ट प्रोग्राम...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...