टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न, लन्च गरियो होम यूपीएस र इन्डष्ट्रियल ब्याट्री

काठमाडौं – टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ । टाटा ग्रीन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी अटोकम्प प्रालिले सो मिट सम्पन्न गरेको हो ।

गत शुक्रबार काठमाडौंको होटल क्राउन इम्पेरियलमा सम्पन्न सो च्यानल पार्टनर मिटमा देशभरका १५० डिलरको सहभागिता रहेको थियो ।

लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ तथा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जीले संयुक्त रुपमा सो कार्यक्रमको उद्घाटन गरे ।

सो अवसरमा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जी तथा एक्सपोर्ट म्यानेजर अनिस सिंहले टाटा ग्रीनको इतिहासका साथै भावी कार्ययोजनाका वारेमा प्रकाश पारे ।

लक्ष्मी अटोकम्पका सेल्स हेड उमेश घिमिरेले नेपाली बजारमा रहेको टाटा ग्रीन ब्याट्रीको डिलर नेटवर्क तथा बिक्री योजना वारेमा जानकारी प्रदान गरेका थिए ।

सो अवसरमा डिलर सञ्चालकहरुले टाटा ग्रीनप्रतिको धारणा र अनुभव आदानप्रदान गरेका थिए । कार्यक्रमको अवसरमा टाटा ग्रीन होम यूपीएस र इन्डष्ट्रियल ब्याट्री समेत लन्च गरिएको थियो ।

नेपाली बजारमा अब ८५० भीए, १००० भीए र १४५० भीएका टाटा ग्रीन स्विच अन होम यूपीएस उपलब्ध भएका छन् भने ७.२, ९ र १२ एएचका इन्डष्ट्रियल ब्याट्री समेत उपलब्ध भएका छन् ।

जापनिज ब्याट्री निर्माता कम्पनी जीएस युआसासँगको संयुक्त लगानीमा सन् २००५ को अक्टोबरमा टाटा ग्रीन ब्याट्रीको स्थापना भएको थियो । हाल कम्पनीले २.५ देखि २२० एएच रेन्जका ब्याट्री उत्पादन गरिरहेको छ ।

कम्पनीले वार्षिक रुपमा १२ लाख फोर ह्विलर २४ लाख टु ह्विलर सवारी साधनका लागि आवश्यक ब्याट्री उत्पादन गर्दै आएको छ ।

यी उत्पादन नेपाली बजारमा लक्ष्मी अटोकम्पले उपलब्ध गराउदै आएको छ ।

सम्बन्धित समाचारहरू

एक्साइड ब्याट्रीको चाडपर्व विशेष एक्सचेञ्ज अफर

एक्साइड ब्याट्रीको चाडपर्व विशेष एक्सचेञ्ज अफर

काठमाडौं – एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी...

टफ बुल ब्रान्डको अटोमोटिभ ब्याट्री अब नेपालमा

टफ बुल ब्रान्डको अटोमोटिभ ब्याट्री अब नेपालमा

काठमाडौं – नेपाली बजारमा नयाँ टफ बुल ब्रान्डको अटोमोटिभ ब्याट्री...

इलेक्ट्रिक स्कुटरको ब्याट्री कति वर्ष टिक्छ ?

इलेक्ट्रिक स्कुटरको ब्याट्री कति वर्ष टिक्छ ?

पछिल्लो समय नेपालमा इलेक्ट्रिक स्कुटरको प्रयोग तीव्र रूपमा बढिरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...