अटो शो–२०२३ मा ५०० बढी टाटा टियागो इभीको बुकिङ
काठमाडौं– नाडा अटो शो–२०२३ मा ५०० बढी टीयागो ईभी बिक्री बुक भएको छ । टाटा...
काठमाडौँ - नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबीच विद्युतीय सवारी कर्जाका लागि सम्झौता भएको छ । सम्झौताअनुसार टाटाका विद्युतीय गाडी खरीद गर्दा ग्राहकहरूले हाल कायम बैंकको आधारभूत दरमा अतिरिक्त १ प्रतिशत गरी कूल ८.८२ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।
अब टाटा टियागो ईभी, नेक्सन ईभी, टिगोर ईभी र नेपालमा बहुप्रतीक्षित टाटा पन्च ईभीमा ७ वर्षसम्मका लागि यो सुविधा प्राप्त गर्न सकिनेछ । सहज र झञ्झटरहित तरिकाले ३ दिनभित्रमा कारोवार रकमको ८० प्रतिशतसम्म फाइनान्सको सुविधा प्राप्त गर्न सकिनेछ ।
टाटाका विद्युतीय गाडीहरू नेपालमा सर्वाधिक बिक्री हुने गाडीहरूको अग्रपंक्तिमा रहेका छन् । आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो छ । पार्किङ्गका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि विद्युतीय गाडीको लोकप्रियता बढिरहेको छ ।
टाटा आफैँमा प्रतिष्ठित तथा विश्वसनीय ब्राण्ड हो । भारतमा निर्मित यो गाडी भौगोलिक हिसाबले पनि नेपालका लागि उपयुक्त रहेको छ । दैनिक तथा व्यक्तिगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको कम्पनीको भनाइ छ ।
काठमाडौं– नाडा अटो शो–२०२३ मा ५०० बढी टीयागो ईभी बिक्री बुक भएको छ । टाटा...
काठमाडौं – नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहुलियत ब्याजदरमा...
महिनाको अन्त्यतिर बैंकहरुले अर्को महिनाका लागि अन्यका साथै अटो लोनका लागि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...