जनकपुरमा टाटाको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी लन्च

काठमाडाै- टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी जनकपुरमा लन्च गरेको छ। जनकपुरस्थित गिरिजा अटोमोबाइलमा बहुप्रतीक्षित यी नयाँ गाडीहरु लन्च गरिएको हो।

सो कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानका साथै मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै सिप्रदीका सिजापतीले भने, 'आज जनकपुरमा टाटाका नयाँ गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित छौँ। अब ग्राहकहरुले टाटाका ईभीहरु २७ लाख ४९ हजारबाट सुरु गरेर ५६ लाख ९९ हजार सम्ममा रोज्न पाउनु हुनेछ।'

'इन्ट्री लेभल गाडी खोजिरहनुभएको ग्राहकले टियागो ईभी रोज्न सक्नुहुन्छ। बजेटमा एसयुभीको आनन्द खोज्ने ग्राहकले पन्च ईभी रोज्न सक्नुहुन्छ। अलि धेरै र टाढा यात्रा गर्ने ग्राहकले नेक्सन के३ ईभी रोज्न सक्नुहुन्छ। र प्रिमियम एसयूभीमा लामो दुरी भारतको पटना, दरभंगा यात्रा गरेर फिर्ता आउन चाहने ग्राहकहरुले आज लन्च गरेको कर्भ ईभी टप भेरिएन्ट लिन सक्नुहुन्छ। साथै भारतमा टाटा कम्पनीले राखेको चार्जिङ सुविधाहरुको फाइदा उठाउन सक्नुहुन्छ', उनले भने।

त्यस्तै, गिरिजा अटोमोबाइलका प्रोपाइटर यांदु जैनले जनकपुरमा टाटा ईभीको बढी रेञ्ज भएको गाडीको आवश्यकता रहेको र आज कर्भ ईभी र नेक्सन के३ ईभीले त्यो पूरा गरेको बताए।

जनकपुरमा लन्च सकेर अब टाटाका नयाँ गाडीहरुको रिजनल लन्च वीरगञ्जमा हुन लागेको छ।

सम्बन्धित समाचारहरू

टाटा विङ्गर अब बीएस६ इन्जिनमा नेपाली बजारमा

टाटा विङ्गर अब बीएस६ इन्जिनमा नेपाली बजारमा

काठमाडौं – टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग...

२९ महिनामा दिपलले उत्पादन ग-यो ४ लाख कार, २०२५ मा दोब्बर लक्ष्य

२९ महिनामा दिपलले उत्पादन ग-यो ४ लाख कार, २०२५ मा दोब्बर लक्ष्य

चाइनिज कार ब्रान्ड दिपलले आफ्नो प्रोडक्सन लाइनबाट ४ लाखौं कार उत्पादन...

६५० रुपैयाँ खर्चमा इलेक्ट्रिक स्कुटरमार्फत श्रेष्ठले सम्पन्न गरे पूर्व पश्चिम यात्रा

६५० रुपैयाँ खर्चमा इलेक्ट्रिक स्कुटरमार्फत श्रेष्ठले सम्पन्न गरे पूर्व पश्चिम यात्रा

कठमाडौं – सेगवेको इलेक्ट्रिक स्कुटर ई१०० मार्फत धीरेनमान श्रेष्ठले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...