टाटा एस अब इलेक्ट्रिक भर्सनमा : १५४ किमी रेन्जमा आयो एस ईभी
टाटा मोटर्सले कमर्सियल भेइकलको रुपमा बजारमा उपलब्ध गराएको १७ वर्ष पश्चात...
टाटा मोटर्सले प्यासेन्जर कारको लाइनअपमा उपलब्ध आफ्ना सवै पेट्रोल कारलाई विएस६ फेज २ इन्जिन दिएको छ । ‘रियल ड्राइभिङ इमिसन’ नम्र्स समेत भनिने यो मापदन्डलाई अप्रिलदेखी अनिवार्य लागु गर्नुपर्ने भएसंगै टाटाले आफ्नो सवै कारमा नयाँ इन्जिन दिएको हो ।
नयाँ इन्जिनसंगै केही मोडलमा उसले फिचर समेत थप गरेको छ । डिजेल सेग्मेन्टमा भने कम्पनीले यसअघि नै ह्यारियर र सफारीमा यो नयाँ इन्जिन दिइसकेको छ भने अन्य मोडललाई पनि छिट्टै नयाँ मपदन्डका साथ उतार्ने योजना वनाएको छ ।
नयाँ इन्जिनको अलवा अल्ट्रोज र पन्चमा इन्जिन स्टार्ट÷स्टप फिचर थप भएको छ । यो फिचर थप भएसंगै कारको माइलेजमा सुधार आउने विश्वास लिइएको छ । यसैगरी टियागो र टिगोरमा टायर प्रेसर मोनिटरिङ सिस्टम थप भएको छ ।
साथै उसले वरेन्टि अवधी समेत वढाएको छ । टाटाको कारमा यसअघि ७५ हजार अर्थात २ वर्षको स्ट्यान्डर्ड वारेन्टि पाउँदै आएका ग्राहकले अव १ लाख किलोमिटर अर्थात ३ वर्षको वारेन्टि पाउनेछन् । नयाँ इन्जिनका साथ आउने टाटा कारमा २० प्रतिशत इथानोल समिश्रण गरेर समेत गाडी चलाउन सकिन्छ ।
टाटा मोटर्सले कमर्सियल भेइकलको रुपमा बजारमा उपलब्ध गराएको १७ वर्ष पश्चात...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
टाटा कर्भ लन्च हुनु अघि नै मिडसाइज एसयूभी सेगमेन्टमा हलचल मचाएको छ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...