चर्चामा टाटाको नयाँ टिजर, अप्रिल ६ मा नयाँ इलेक्ट्रिक कन्सेप्ट सार्वजनिक गरिदै

टाटा मोटर्सले एक पटक फेरि इलेक्ट्रिक भेइकलमा हलचल मच्चाउने तयार गर्दैछ । कम्पनीले आगामी अप्रिल ६ मा आफ्नो नयाँ इलेक्ट्रिक कारको कन्सेप्ट सार्वजनिक गर्ने भएको छ । टाटा नेक्सन ईभी र टाटा टिगोरको सफलता पछि कम्पनीले नयाँ इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरेको अनुमान गरिएको छ । कतिपयले आगामी दिनमा टाटाले बजारमा ल्याउने अनुमान गरिएको टाटा नेक्सन ईभी कुपेको कन्सेप्ट भएको अनुमान पनि गरेका छन् ।

टाटा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक कारको बारेमा कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । रिपोर्टका अनुसार नयाँ कार टाटा नेक्सन ईभीको अपडेटेड भेरिएन्ट हुन सक्ने वा अल्ट्रोज ईभी लन्च गर्न सक्ने जानकारी दिइएको छ ।

टाटा मोटर्सले हालै आफ्नो आधिकारिक सोशल मिडिया ह्यान्डलमा एक टिजर सार्वजनिक गरेको छ । यस टिजरमा गाडीको अगाडिको भाग मात्र देखाइएको हुनाले यो कुन मोडल हो भन्न कठिन छ । टिजरमा कारको साथमा कार्बन फाइबर र कार्बन फाइबर फिनिस प्यानल देखाइएको छ । यस टिजरको साथ, कम्पनीले ट्यागलाइन दिएको छ – ‘परिवर्तन नै सबै कुरा हो, परिवर्तन बलियो हुन्छ, परिवर्तन गतिशील हुन्छ । परिवर्तनलाई चिन्नुहोस् ।’ यस टिजरमा स्पष्ट छ कि टाटाको नयाँ इलेक्ट्रिक कार अप्रिल ६ मा लन्च गरिने छ ।

अनुमानित रिपोर्ट अनुसार सो कारले एक पटक फुल चार्जमा ४०० किलोमिटर रेन्ज दिनेछ । कारको यो विशेषताले यसलाई अन्य कारहरू भन्दा फरक बनाएको छ । यसमा ४० केडब्ल्युएच क्षमताको ठूलो ब्याट्री प्याक दिने सम्भावना रहेको छ । यसमा ४ वटामै नयाँ अलोय ह्विल र डिस्क ब्रेक, नयाँ अपहोल्स्ट्री र अपग्रेड गरिएको इन्फोटेनमेन्ट सिस्टम समावेश हुनेछ ।

नयाँ इलेक्ट्रिक कारमा इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी) दिने सम्भावना रहेको छ । अटो विज्ञहरूका अनुसार ठूलो ब्याट्री भएको नयाँ इलेक्ट्रिक कारको मूल्य १७ लाखदेखि १८ लाख भारुसम्म हुने अनुमान गरिएको छ । टाटा मोटर्सको नयाँ मोडलले एमजी जेडएस ईभी र हुन्डाई कोना ईभी जस्ता इलेक्ट्रिक कारहरूसँग प्रतिस्पर्धा गर्नेछ ।

हाल टाटा नेक्सन ईभी टाटाको सबैभन्दा लोकप्रिय कार हो । यसमा ३०.२ केडब्ल्युएचको ब्याट्री जडान गरिएको छ, जसले ३१२ किलोमिटरको रेन्ज प्रदान गर्छ । सो कारले ९.१४ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको रेन्ज लिन सक्छ । यसको मोटरले १२७ बीएचपी र २४५ एनएम टर्क जेनेरेट गर्छ । टाटा नेक्सन ईभीलाई डिसी फास्ट चार्जरबाट चार्ज गर्दा १ घन्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

बीवाईडी एट्टो ३ अब तीन मोडलमा नेपालमा उपलब्ध, यस्तो छ नयाँ मूल्य सूची

बीवाईडी एट्टो ३ अब तीन मोडलमा नेपालमा उपलब्ध, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा अब बीवाईडी एट्टो ३ तीन मोडलमा उपलब्ध हुने भएको छ ।...

फ्युचर ईभी कार्निभल गर्दै सीजी मोटर्स, विद्युतीय गाडीहरूको प्रदर्शनी हुने

फ्युचर ईभी कार्निभल गर्दै सीजी मोटर्स, विद्युतीय गाडीहरूको प्रदर्शनी हुने

काठमाडौं – विद्युतीय सवारी साधनप्रति उल्लेखनीय मागलाई सम्बोधन गर्दै सीजी...

विद्युतिय सवारी साधनलाई समेत समेटेर मंसिर २२ देखी २५  सम्म ‘इलेक्ट्रो टेक २०२२’ आयोजना हुने

विद्युतिय सवारी साधनलाई समेत समेटेर मंसिर २२ देखी २५ सम्म ‘इलेक्ट्रो टेक २०२२’ आयोजना हुने

नेपाल विद्युतीय व्यवसायी महासंघले मंसिर २२ देखी २५ गतेसम्म ‘इलेक्ट्रो टेक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...