अटो एक्सपोमा देखाइएको टाटा कर्भ इभी कन्सेप्टबारे जान्नै पर्ने ५ भिन्न पक्ष

नेक्सन र टिगोरलाई इभी भर्सनमा उतारेर लोकप्रिय बनिरहेको टाटा मोटर्सले केही समय पहिले बिल्कुलै नयाँ प्लेटफर्मको इभी कन्सेप्ट सार्बजनिक गर्यो । इलेक्ट्रिक भेहिकलमा भारतको नम्वर वान व्रान्ड वनिराख्ने योजना अनुरुप टाटा मोटर्सले पछिल्लो समय आक्रमक बजार रणनितीलाई आत्मसाथ गर्दै लगेको छ ।

सोही रणनिती अन्तर्गत वाहिर आएको कर्भ इभी कन्सेप्टलाई अहिले कम्पनीले नयाँ दिल्लीमा जारी अटो एक्सपो २०२३ मा प्रदर्शन गरेको छ । यो कन्सेप्ट इभीले अहिले इभी पारखीको ध्यान आकृष्ट गरिरहेको छ । कम्वस्चन इन्जिनमा समेत आउने भनिएको यो मिडसाइज एसयुभीको ५ भिन्न पक्ष यस प्रकार रहेको छ ।

डिजाइन
टाटा मोटर्सको भबिष्यमा आउनसक्ने एसयुभीलालाई प्रतिविम्वित गर्ने गरी देखाइएको यो कन्सेप्ट इभी विल्कुलै नयाँ डिजाइनमा आधारित छ । जसलाई टाटा मोटर्सले डिजिटल डिजाइन ल्यांग्वयज भनेको छ । कुपे स्टाइलको यो एसयुभीमा कभ्र्ड रुफलाइन र नचब्याक स्टाइल बुट सामेल गरिएको छ । जुन विएमडब्लु एक्स४ वाट प्रेरित रहेको देख्न सकिन्छ । पूर्णत चौडा एलइडी लाइट वार र त्रिकोणात्मक एयर भेन्ट्सले यो कन्सेप्ट कारको लुक्स र डिजाइनमा निखार दिएको छ ।

इभी आर्किटेक्चर
यो कन्सेप्ट इभीमा टाटा मोटर्सले नयाँ जेनेरेशन–२ आर्किटेक्चरलाई प्रयोगमा ल्याएको छ । जुन यसअघि प्रयोगमा आएको टाटा नेक्सनको जेनेरेशन–१ आर्किटेक्चरको तुलनामा निकै एड्भान्स र अत्याधुनिक रहेको छ ।

ब्याट्री र रेन्ज
यो कन्सेप्ट इभीमा जडान हुने ब्याट्री प्याकका बारेमा कुनै जानकारी नदिइए पनि नेक्सन इभीमा दिइएको ३०।२ किलोवाट आवर भन्दा केही ठूलो हुने अनुमान लगाइएको छ । यो इलेक्ट्रिक एसयुभीले ४ देखी ५ सय किलोमिटरसम्म रेन्ज प्रादन गर्नसक्ने जनाइएको छ ।

इन्टेरियर र फिचर्स
कारमा सवार चालक र यात्रुको सुबिधाका लागी यसमा प्यानरोमिक सनरुफ, फ्लोटिङ सेन्ट्रल कन्सोल लेआउट, रोटरी गियर सेलेक्टर र सेन्ट्रल आर्मरेष्ट दिइएको छ । यो नयाँ कन्सेप्टमा टाटा मोटर्सले थ्री लेयर ड्यासवोर्ड दिएको छ । जुन एकदमै आकर्षक र सफाचट देखिएको छ । इन्फोटेन्मेन्ट सिस्टमका रुपमा २ वटा फि स्ट्यान्डिङ डिजिटल स्क्रिन र इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध गराइएको यो इभीमा नयाँ टु स्पोक स्टेरिङ ह्विल डिजाइन दिइएको छ ।

लन्च गरिने समय र प्रतिस्पर्धा
टाटा मोटर्सले यो कन्सेप्टमा आधारित इन्टर्नल कम्वस्चन इन्जिन भर्सनलाई समेत बजारमा उतार्ने जनाएको छ । अवको २ वर्षभित्र बजारमा आउने अनुमान लगाइएको यो नयाँ मिडसाइज एसयुभीले किया सेल्टोस, स्कोडा कुसाक, फक्सवागन टाइगुन र हुन्डाई क्रेटासंग प्रतिस्पर्धा गर्न सक्ने देखिएको छ । यसको इभी भर्सनले भने एमजी जेडएस इभीसंग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

टाटा मोटर्सले ल्यायो  ‘वडा पर्वको वडा अफर’

टाटा मोटर्सले ल्यायो ‘वडा पर्वको वडा अफर’

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ...

टाटा बसहरुका लागि गोगंबु बसपार्कमा निःशुल्क चेकअप सुविधा

टाटा बसहरुका लागि गोगंबु बसपार्कमा निःशुल्क चेकअप सुविधा

काठमाडौं – सुरक्षित यात्राको कामना सहित चाडबाडको बेला ढुक्कसँग यातायात...

पुराना गाडीसँग टाटा टियागो ईभी र पन्च इभी साट्न सकिने, ‘एक्सचेन्ज १२ः१२ क्याम्प’ हुँदै

पुराना गाडीसँग टाटा टियागो ईभी र पन्च इभी साट्न सकिने, ‘एक्सचेन्ज १२ः१२ क्याम्प’ हुँदै

काठमाडौं–टाटा मोटर्सको नेपालका लागि अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...