४ हजार किमी बढी यात्रा गर्दै केरलादेखि काठमाडौं सम्म टाटा कर्भ ईभीमा

नेपालमा हालै सार्वजनिक टाटा कर्भ ईभी चढेर भारतका ३ जनाले ४ हजार भन्दा बढी किलाेमिटरको यात्रा पूरा गर्दै काठमाडौं आइपुगेका छन् ।

केरला राज्यको कोचीबाट काठमाडौंसम्म जीओ ईसी टिमले यो यात्रा तय गरेको हो। जसमा यदु र उन्नीसँगै ट्राभल भ्लगर याजिन पनि सहभागी भएका थिए। 

टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले कोचीबाट टाटाको कर्भ ईभीमा आएको टोलीलाई काठमाडौंको थापाथलीस्थित टाटा मोटर्स शोरुममा स्वागत गरेकाे छ ।

यसले भारत र नेपालका फरक फरक भूगोलमा ईभीको क्षमता, विश्वसनीयता र रेन्जको उच्च प्रदर्शन गरेको कम्पनीले जनाएको छ। 

सो यात्रामा सहभागी याजिनले नेपालमा द्रुतगतिमा विकास भइरहेको ईभी पूर्वाधारको प्रशंसा गरेका थिए। भरपर्दो चार्जिङ सञ्जाल रहेकाले यो यात्रा सफल भएको पनि उनले बताए। 

कर्भ ईभीको १८६ एमएम ग्राउन्ड क्लियरेन्सले नेपालको पहाडी सडकमा यात्रा गर्न सहज भएको उनको भनाइ थियो। 

नेपालमा रहँदा उनीहरुले दिगो यातायातको भविष्यबारे समुदाय, विद्यार्थी, स्थानीयलगायतसँग सचेतनामूलक सहभागिता जनाउने बताइएको छ। 

सम्बन्धित समाचारहरू

टाटाको मिनी ईभी ट्रक ‘एस’ नेपाली बजारमा, फेस्टिभ अफरमा २ लाख ५० हजार छुट

टाटाको मिनी ईभी ट्रक ‘एस’ नेपाली बजारमा, फेस्टिभ अफरमा २ लाख ५० हजार छुट

काठमाडौं– टाटाको पहिलो कमर्सियल ईभी ‘एस’ नेपाली बजारमा भित्रिएको छ । सो...

यसरी सार्वजनिक गरियो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ सम्मिश्रणयुक्त दिपल एस०५, यस्ता छन् फिचर

यसरी सार्वजनिक गरियो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ सम्मिश्रणयुक्त दिपल एस०५, यस्ता छन् फिचर

काठमाडौं – नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ ईभी ब्रान्ड...

नयाँ टिगोर इभी : पुरानोको तुलनामा यसकारण छ विशेष

नयाँ टिगोर इभी : पुरानोको तुलनामा यसकारण छ विशेष

टाटा मोटर्सले टिगोर इभीमा फिचर थप गरेर नयाँ भेरियन्ट लन्च गरेको छ । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...