सेरेसको पहिलो शोरुम पानीपोखरीमा, अटो शोमा दुईवटा मोडल प्रदर्शन गरिने
काठमाडौं– नेपाल भित्रिएको नयाँ ईभी ब्रान्ड सेरेसका कारहरु बिक्री गर्न...
टाटा कर्भ ईभीले भारतको कश्मीर देखि कन्याकुमारी सम्मको ३ हजार ८२३ किलोमिटरको दुरी ७६ घण्टा ३६ मिनेटमा पार गरेर सबैभन्दा तीव्र गतिमा दुरी पार गर्ने ईभी अर्थात ईभी ड्राइभको इतिहास कायम गरेको छ ।
हाल सम्मको रेकर्ड अनुसार टाटाकै नेक्सन ईभी म्याक्सको नाममा यो रेकर्ड कायम थियो । सो रेकर्ड भन्दा कर्भ ईभीले १९ घण्टा कम समयमा सो दुरी पार गरेको हो । यो वाहेक कर्भ ईभीले अन्य २० राष्ट्रिय रेकर्ड समेत कायम गरेको छ ।
सो महत्वपूर्ण यात्राका लागि कर्भ ईभीले १६ चार्जिङ स्टपको प्रयोग गरेको थियो । पहिले औसत चार्जिङ समय २८ मिनेट भएकोमा अब यो घटेर १७ मिनेट मात्र भएको छ । यसले भारतमा बढ्दो चार्जिङ नेटवर्क र ब्याट्री प्रविधिलाई समेत दर्शाएको छ ।
केटुके रनका लागि आयोजित कार्यक्रम अन्तर्गत टाटा कर्भ ईभीले सो रेकर्ड कायम गरेको हो । जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाद्वारा शुभारम्भ गरिएको सो कार्यक्रम फेब्रुअरी २५ मा सुरु भएर फेबु्रअरी २८ मा सकिएको थियो ।
एक्टि.ईभी प्योर ईभी आर्किटेक्चर र ५५ किलोवाट ब्याट्री प्याकयुक्त टाटा कर्भ ईभीले सो चुनौतीपूर्ण यात्रा पार गरेको हो ।
टाटा कर्भ ईभी हालै मात्र नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ल्याएको कर्भ ईभीले सिंगल चार्जमा ५०२ किलोमिटर रेन्ज दिने बताइएको छ । नेपालका लागि कम्पनीले यसको टेस्टिङ रेन्ज ३८० किलोमिटर भनेको छ ।
यसमा ९८ किलोवाटको मोटर रहेको छ । यसलाई इको, सिटी र स्पोर्ट मोडमा ड्राइभ गर्न सकिन्छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४३१०, १८१० र १६३७ एमएम रहेको छ भने ह्विलबेस २५६० एमएम छ । १८६ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको टाटा कर्भ ईभीमा ५०० लिटरको बुट स्पेस छ भने टर्निङ रेडियस ५.३५ मिटर छ ।
टाटा कर्भ ईभीको मूल्य नेपाली बजारमा ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
काठमाडौं– नेपाल भित्रिएको नयाँ ईभी ब्रान्ड सेरेसका कारहरु बिक्री गर्न...
रेकर्ड नम्बरमा इलेक्ट्रिक कार बिक्री गर्न सफल भएका कारण बीवाईडीको गत...
टाटा मोटर्सको सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक कार टाटा नेक्सन अपडेट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...