बहुप्रतीक्षित नयाँ टाटा पन्च ईभी अब नेपालमा, यी हुन् फिचर
काठमाडौं । बहुप्रतिक्षित नयाँ टाटा पन्च ईभी नेपालमा आइपुगेको छ । टाटाको...
काठमाडौं – नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र नवीकरणीय ऊर्जाको क्षेत्रमा कार्यरत प्राइम रिन्युएबल्स प्रालि बिचको सहकार्यमा काठमाडौंको कपनस्थित सिप्रदी वर्कशपमा ८६.४ केडब्लुपी क्षमताको रूफटप सोलार पिभी प्लान्ट सञ्चालनमा ल्याइएको छ। उक्त ८६.४ केडब्लुपी रूफटप सोलार पिभी प्लान्टको एक विशेष समारोहका बिच सिप्रदी ट्रेडिङ प्रालिका सीइओ राजन बाबु श्रेष्ठ र प्राइम रिन्युएबल्स प्रालिका अध्यक्ष आशिष गर्गले संयुक्त रूपमा उद्घाटन गरे ।
समारोहमा आफ्नो धारणा राख्दै सिप्रदी ट्रेडिङ प्रालिका सीइओ राजन बाबु श्रेष्ठले भने, ‘सिप्रदीमा हामी केवल विद्युतीय सवारीसाधनको बिक्री–वितरणमा मात्र सीमित नभई, तिनको सम्पूर्ण प्रयोग र सर्भिसिङ प्रक्रियालाई नै वातावरणीय रूपमा स्वच्छ र दिगो बनाउन प्रतिबद्ध छौँ। कपन ईभी वर्कशपमा ८६.४ केडब्लुपीको रूफटप सोलार प्लान्ट स्थापना हुनु हाम्रो सोही प्रतिबद्धतातर्फको एक ऐतिहासिक कदम हो। ईभी आफैँमा वातावरणमैत्री छ, तर अब त्यसको चार्जिङ, मर्मत र सर्भिसिङ पनि सौर्य ऊर्जाबाट हुने भएकाले हामीले स्वच्छ ऊर्जालाई पूर्णता दिने प्रयासको सुरुवात कपन वर्कशपबाट गरेका छौ।’
समारोहमा बोल्दै प्राइम रिन्युएबल्स प्रालिका अध्यक्ष आशिष गर्गले भने, ‘ईभी मोबिलिटीलाई ऊर्जा प्रदान गर्ने स्रोत पनि सवारीसाधन जत्तिकै स्वच्छ हुँदा मात्र वास्तविक दिगोपन हासिल गर्न सकिन्छ। हामी स्वच्छ सौर्य ऊर्जा उपलब्ध गराउँदै ईभी इकोसिस्टमको बाँकी कार्य समेत कार्बन उत्सर्जनमुक्त बनाउन चाहन्छौँ। सिप्रदी ट्रेडिङ तथा टाटा मोटर्सजस्तो दूरदर्शी ब्रान्डसँगको सहकार्यले व्यावसायिक क्षेत्रमा सौर्य ऊर्जाको एकीकरणको सम्भावना प्रस्तुत गर्ने अवसर दिएको छ। यसले विद्युत् खर्च घटाउन मात्र सहयोग गर्ने छैन, अटोमोबाइल सर्भिसिङ तथा मर्मतसम्भार क्षेत्रलाई कार्बन उत्सर्जनबाट समेत अलग गर्नेछ।’
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग तीव्र गतिमा विस्तार भइरहेको छ, तर वास्तविक दिगोपनका लागि स्वच्छ ऊर्जाको सम्पूर्ण ईभी इकोसिस्टम नै आवश्यक हुन्छ। यो परियोजनाले नेपालमा ईभी विकासको यात्रालाई अर्को महत्वपूर्ण चरणमा पुर्याएको छ।
सम्झौता भएको ३ महिनाको छोटो अवधिमै निर्माण सम्पन्न भई सञ्चालनमा आएको यस प्लान्टमा एआईमा आधारित हरित ऊर्जा डिजिटल प्रविधि प्रयोग गरिएको छ। जसले वार्षिक करिब १ लाख ४० हजार युनिट स्वच्छ विद्युत् उत्पादन गर्दै कार्बन उत्सर्जन घटाउन ठूलो योगदान पुर्याउनेछ।
यो ऐतिहासिक पहलले नेपालको कर्पोरेट क्षेत्रमा व्यावसायिक सौर्य ऊर्जाको प्रभावकारी एकीकरणको नयाँ मानक स्थापित गरेको सिप्रदीले बताएको छ। स्वच्छ ऊर्जा उत्पादन र अटोमोबाइल सर्भिसिङलाई एकै ठाउँमा जोड्दै सिप्रदी र प्राइम रिन्युएबल्सको यो सहकार्यले नेपाललाई शून्य–उत्सर्जन अर्थात जिरो एमिसनतर्फ लैजाने राष्ट्रिय लक्ष्यमा एक कोसेढुंगा साबित हुने अपेक्षा गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...