टाटा कमर्सियल गाडीका लागि पुस १६ सम्म विन्टर सर्भिस क्याम्प

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विन्टर सर्भिस क्याम्प प्रारम्भ गरेको छ । पुस १ देखि देखि सञ्चालनमा आएको विन्टर सर्भिस क्याम्प अन्तर्गत स्पेयर पार्ट्स, सर्भिसिङ तथा लुब्रिकेन्ट्स लगायतमा आकर्षक छुट पाइने भएको छ ।

कम्पनीले टाटाका गाडीका स्पेयर पार्ट्समा १० प्रतिशत छुटका साथै ६ महिनाको वारेन्टी दिने भएको छ । यस्तै लुब्रिकेन्ट्स अन्तर्गत टाटाको जेन्युइन आयल अर्थात इन्जिन, गियर र क्राउन आयलमा १५ प्रतिशत छुट पाइने भएको छ । हाउजिङ आयल, ब्रेक आयल, क्लच आयल, स्टेयरिङ आयल, कुलेन्ट, डीईएफमा २० प्रतिशत छुट दिने सिप्रदीले जनाएको छ ।

इन्जिनको हेल्थ चेकअप तथा एफआईपी, इलेक्ट्रिकल, सफ्टवेयर र ब्याट्रीको जाँच भने निःशुल्क गरिने भएको छ । साथै जाडो महिनामा गाडीको सुरक्षा कसरी गर्ने भन्नेबारे डिजिटल प्लेटफर्ममार्फत जानकारी गराइने कार्यक्रम रहेको कम्पनीले जनाएको छ । यो योजना आउँदो पुस १६ गतेसम्म सञ्चालन हुने भएको छ ।

सम्बन्धित समाचारहरू

आजबाट टाटा ईभी अटो कार्निभल, विशेष अफरका साथै माल्दिभ्स भ्रमणको अवसर

आजबाट टाटा ईभी अटो कार्निभल, विशेष अफरका साथै माल्दिभ्स भ्रमणको अवसर

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

टाटा मोटर्स एक्सचेन्ज कार्यक्रम, पुराना गाडीसँग टाटाका विद्युतीय कार साट्न सकिने

टाटा मोटर्स एक्सचेन्ज कार्यक्रम, पुराना गाडीसँग टाटाका विद्युतीय कार साट्न सकिने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

टाटा पन्च एसयूभीमा महँगो कारको फिचर समावेश भएको खुलासा

टाटा पन्च एसयूभीमा महँगो कारको फिचर समावेश भएको खुलासा

टाटा मोटर्सले बहुप्रतीक्षित पन्च सब कम्प्याक्ट एसयूभीको टिजर भिडियो जारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...