टाटा कमर्सियल गाडी किन्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेज मध्ये एक रोज्न सकिने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यो वर्षको दशैंलाई लक्षित गर्दै ग्राहकहरूको उत्साह, उमङ्ग अनि हर्ष उच्च राख्न विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा ग्राहकले होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेज मध्ये एक रोजेर लिन सक्नेछन्। होम अप्लायन्स अन्तर्गत वासिङ्ग मेसिन, फ्रिज, एसी, टीभी, माइक्रो ओभन छन् भने ग्याजेट अन्तर्गत आईफोन, एयरपड, म्याकबुक, एपल वाच प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

यस्तै टुर प्याकेज अन्तर्गत मरिसस, बैंकक, मलेसिया, दुबई वा युरोप भ्रमण रहेका छन् । यस्तै बुकिङ गराउँदा पनि ग्राहकहरूले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न गर्न सक्नेछन्।

यो योजना टाटाको ट्रक, टिपर, बस, मिनि ट्रक, मिनि टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा लागु हुने र आफूले खरिद गरेको गाडी अनुसार विभिन्न योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।

सिप्रदी ट्रेडिङ्ग कमर्सियल भेइकल बिजनेस युनिटका सिनियर जनरल म्यानेजर अनुपमणि ढकालका अनुसार सिप्रदी आफ्ना ग्राहकहरुको उत्साहलाई बढाई राख्न र उनीहरुको व्यवसायमा सकारात्मक भूमिका निर्वाह गर्न सदा क्रियाशील रहेको छ ।

हरेक वर्षझैँ यो वर्ष पनि ग्राहकहरूको तर्फबाट अफर सम्बन्धी सकारात्मक प्रक्रिया आएको उनले बताए । उनका अनुसार यो योजना असोज १४ गते सम्म लागू हुनेछ ।

सम्बन्धित समाचारहरू

यी हुन् बढी ग्राउन्ड क्लियरेन्स भएका ५ कार, जसलाई खराब सडकमा पनि सजिलै चलाउन सकिन्छ

यी हुन् बढी ग्राउन्ड क्लियरेन्स भएका ५ कार, जसलाई खराब सडकमा पनि सजिलै चलाउन सकिन्छ

एसयूभी वा एमपीभी कारमा जस्तै अन्य कुनै पनि कारमा राम्रो ग्राउन्ड...

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

काठमाडौं –  हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...

सिप्रदीको टाटा प्रोटेक्ट अब थप सेवा तथा सुविधाहरुको साथमा, यस्ता छन् सुविधा

सिप्रदीको टाटा प्रोटेक्ट अब थप सेवा तथा सुविधाहरुको साथमा, यस्ता छन् सुविधा

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...