टाटा गाडी किन्नेका लागि आयो विभिन्न अफर सहितको कलरफुल एक्सचेन्ज

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले कलरफुल एक्सचेन्ज आयोजना गरिरहेको छ ।

बुधबार सम्म आयोजना हुने सो कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना गाडीहरु नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त ईभी गाडीहरुसँग साट्न सकिने कम्पनीको भनाइ छ । गाडी किन्नेहरुका लागि यो बेस्ट टाइम भएको समेत बताइएको छ ।

सो एक्सचेन्ज क्याम्प टाटा मोटर्सका देशैभरी रहेका शोरुमहरुमा आयोजना भइरहेको छ। एक्सचेन्जमा सहभागी भएर ग्राहकहरुले इन्ट्री लेबलमा नेपालको सर्वाधिक रुचाइएको टियागो ईभी, कम बजेटमा एसयूभीको आनन्द दिने पन्च ईभी, अझै धेरै यात्रा गर्नेहरुको लागि नेक्सन के३ ईभी र प्रिमियम एसयूभी कुपे कर्भ ईभीमा आकर्षक डिलहरु पाउन सक्नेछन् ।

यस कलरफुल एक्सचेन्ज कार्यक्रममा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, १ वर्षको सवारी कर, एसेसरिज र हरेक बुकिङमा आकर्षक गिफ्ट प्राप्त गर्नेछन् ।

सो कार्यक्रमको अबसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध समेत गरेको छ ।

सम्बन्धित समाचारहरू

ब्याज नलाग्ने स्किममा सेगवे स्कुटर

ब्याज नलाग्ने स्किममा सेगवे स्कुटर

सेगव स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता आई हव प्रालिले फाइनान्स अफर...

फुल चार्जमा ५०२ किलोमिटर रेन्ज दिने टाटा कर्भ ईभीको एक्स सिरिज लन्च

फुल चार्जमा ५०२ किलोमिटर रेन्ज दिने टाटा कर्भ ईभीको एक्स सिरिज लन्च

टाटा मोटर्सले आफ्नो पहिलो कुपे शैलीको एसयूभी टाटा कर्भ ईभीको नयाँ एक्स...

स्कुटरमा प्रयोग हुने ब्याट्रीको आयु कति हुन्छ ? बिग्रिएमा के गर्ने ? फेर्न परेमा कति पैसा लाग्छ ?

स्कुटरमा प्रयोग हुने ब्याट्रीको आयु कति हुन्छ ? बिग्रिएमा के गर्ने ? फेर्न परेमा कति पैसा लाग्छ ?

ब्याट्री प्रायः तीन खालका हुन्छन्, लिथियम आयोन (यसलाई NMC भनिन्छ), लिथियम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...